बागमती प्रदेश : बहुवर्षीय आयोजनाको ठेक्कासम्बन्धी मापदण्ड स्वीकृत
बागमती प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशको बहुवर्षीय आयोजनाको ठेक्कासम्बन्धी मापदण्ड २०८० लाई स्वीकृत गरेको छ ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा बसेको बैठकले सामाजिक विकास मन्त्रालयको एक र स्वास्थ्य मन्त्रालयको चार गरी पाँच जना दशौँ तहका अधिकृतलाई एघारौँ तहमा बढुवा गर्ने निर्णय गरेको छ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको सचिव पदमा दीपक सुवेदी नियुक्त हुनुभएको छ ।
एघारौँ तहमा बढुवा हुनेमा दीपक सुवेदी, दीपक तिवारी, वसन्त अधिकारी, अर्जुन सापकोटा र नरेन्द्र झा रहनुभएको प्रदेशका उद्योग वाणिज्य भूमि प्रशासन मन्त्री रामकृष्ण चित्रकारले राससलाई जानकारी दिनुभयो ।
एघारौँ तहमा बढुवा हुनुभएका सुवेदीलाई प्रदेश शिक्षा निर्देशानलयको निर्देशकमा नियुक्ति गरिएको र उहाँलाई सोही कार्यालयमा पदस्थापन पनि गरिएको मन्त्री चित्रकारले जानकारी दिनुभयो । अन्य नियुक्त हुनुभएका एघारौँ तहका अधिकृतलाई केही दिनभित्रै पदस्थापन गरिने पनि उहाँले बताउनुभयो ।
लेबनान, सिरिया र गाजा पट्टी कब्जा कायम राख्ने इजरायलको घोषणा
संसद् भवन निर्माणमा ढिलाइ : दैनिक एक करोड जरिवाना तिराउने सभामुखको चेतावनी
मधेश सरकारले कृषि मन्त्रालयलाई छुट्यायो ३ अर्ब ७० करोड बजे
सुस्ता क्षेत्रमा सशस्त्र प्रहरीको स्थायी सीमा सुरक्षा क्याम्प राखियोस् : एमाले सचेत…
दिगो आर्थिक विकासका लागि निजी क्षेत्र र रोजगार सेवा केन्द्र बीचको सहकार्य अपरि…
शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता
केन्द्रीय कानुन पुस्तकालय खारेज नगर्न बारको आग्रह
प्रतिक्रिया