वार्ताबाट पहिचानको माग सम्बोधन गर्न प्रदेश प्रमुखको सुझाव
प्रदेशको नामकरणलाई लिएर उठेको पहिचानको विषयलाई साँघुरो घेराबाट हेर्न नहुनेमा कोशी प्रदेश प्रमुख पर्शुराम खापुङ र प्रदेशका मुख्यमन्त्रीबीच छलफल भएको छ ।
अध्यादेशबाट सार्वजनिक भएको बजेट प्रतिस्थापन चालु आर्थिक वर्षको विधेयकमार्फत पारित भएपछि मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुखसँग छलफल गर्नुभएको थियो । मुख्यमन्त्री कार्कीले पहिचाहनलाई भाषा, संस्कृति र परम्परालाई एकै ठाउँमा राखेर हेरिनुपर्ने बताउनुभएको थियो । पहिचाहनको मुद्दालाई राजनीतिक लाभसँग जोडेर हेर्न नहुने भन्दै मुख्यमन्त्री कार्कीले बजेटले प्रदेशको समग्र पहिचानलाई समेट्ने प्रयास गरेको भेटपछि राससलाई बताउनुभयो ।
उहाँले भन्नुभयो, “प्रदेश सरकारले फाल्गुनन्द भाषा, संस्कृति अध्ययन केन्द्र स्थापना गरी प्रदेशमा रहेका सबै भाषा, संस्कृतिको विकास गर्ने योजना बनाएको छ ।” तुवाचुङ र खुवालुङजस्ता सांस्कृतिक महत्वका क्षेत्रको एकीकृत विकासका लागि सरकारले ठोस योजना बनाएको कार्कीले प्रदेश प्रमुख खापुङलाई जानकारी गराएको बताउनुभयो ।
प्रदेश प्रमुख एउटा आलङ्कारिक मात्र नभई प्रदेशको अभिभावक भएकोे बताउँदै मुख्यमन्त्री कार्कील भन्नुभयो, “बाहिरी संस्कृतिले आक्रमण गरिरहेको अवस्थामा हाम्रा मौलिक संस्कृति जोगाउन चुनौती बढेको छ ।”
प्रदेश प्रमुख खापुङले बजेट कार्यान्वयनमा जोड दिँदै पहिचाहनको मुद्दालाई वार्ताको माध्यमबाट समाधान हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।
मौरीपालक किसानलाई परागकण वितरण
पोखरामा टिपरको ठक्करबाट बन्दीपुरका विष्णुबहादुर खत्रीको मृत्यु
लेबनान, सिरिया र गाजा पट्टी कब्जा कायम राख्ने इजरायलको घोषणा
संसद् भवन निर्माणमा ढिलाइ : दैनिक एक करोड जरिवाना तिराउने सभामुखको चेतावनी
मधेश सरकारले कृषि मन्त्रालयलाई छुट्यायो ३ अर्ब ७० करोड बजे
सुस्ता क्षेत्रमा सशस्त्र प्रहरीको स्थायी सीमा सुरक्षा क्याम्प राखियोस् : एमाले सचेत…
दिगो आर्थिक विकासका लागि निजी क्षेत्र र रोजगार सेवा केन्द्र बीचको सहकार्य अपरि…
प्रतिक्रिया