स्पेनमा आममाफी दिने प्रस्तावित कानुनको विरोधमा प्रदर्शन
क्याटालोनियाका पृथकतावादी र अधिकारकर्मीका लागि प्रस्तावित आममाफीसम्बन्धी कानुनको विरोधमा शनिबार मड्रिडको सडकमा दशौँ हजार स्पेनीले प्रदर्शन गरेका छन् ।
प्रहरीका अनुसार स्पेनको राजधानीको मध्यभागमा रहेको र सामान्यतया रियल मड्रिडका समर्थकले विजयको उत्सव मनाउने प्लाजा सिबेल्समा करिब एक लाख ७० हजार मानिस भेला भएका थिए ।
दक्षिणपन्थी युरोपियन पिपुल्स पार्टीद्वारा वितरित स्पेनी र अन्य युरोपेली झण्डा बोकेका सबै उमेरका प्रदर्शनकारीहरूबाट ‘क्याटालोनिया स्पेन हो’, ‘सान्चेज, गद्दार हुन्’, ‘सान्चेजलाई जेल हाल,’ भन्ने नारा सुन्न सकिन्थ्यो ।
“बास्क देश एकातिर र क्याटालोनिया अर्कोतिर होस् र केही भएन भन्नका लागि पेड्रो सान्चेज स्पेनलाई टुक्राटुक्रा पार्न चाहनुहुन्छ,” मड्रिडबाट अवकाश प्राप्त ६५ वर्षीया प्रदर्शनकारी मारिया एन्जेल्स गालानले भन्नुभयो ।
सन् २०१८ देखि सत्तामा रहेका समाजवादी प्रधानमन्त्री पेड्रो सान्चेज जुलाईमा भएको संसदीय निर्वाचनमा दक्षिणपन्थी नेता अल्बर्टो नुनेज फेइजुपछि दोस्रो स्थानमा आएका थिए ।
बहुमतमा पुग्नका लागि आवश्यक पर्ने मतको बदलामा साञ्चेजले क्याटालोनियाको सन् २०१७ को पृथकतावादी प्रयासमा संलग्न भएको आरोपमा मुद्दा चलाइएका पृथकतावादी नेता र कार्यकर्ताहरूका लागि विवादास्पद आममाफी विधेयक पारित गर्नेलगायत थुप्रै सहुलियतहरू स्वीकार्नुभएको थियो ।
“मलाई लाग्छ, यो लडाइँ अब सुरु हुन्छ,” प्रदर्शनमा सहभागी ५१ वर्षीय उद्यमी मारियानाले भन्नुभयो ।
आफूलाई ‘समाजवादी तर सान्चेजस्तो व्यक्ति नभएको बताउने ६५ वर्षीय लुइस गैरिडोले प्रधानमन्त्रीले ‘यो (शर्त)मूल्य’ स्वीकार गर्न नहुने बताउनुभयो ।
“म स्पेन यसरी विभाजित होस् भन्ने र डुबोस् भन्ने चाहन्नँ”, उहाँले भन्नुभयो ।
भीड मध्याह्नतिर जम्मा भएको केही क्षणको भाषणपछि शान्तिपूर्ण रूपमा तितरबितर भएको थियो ।
मड्रिडस्थित सोसलिस्ट पार्टीको मुख्यालय अगाडि विगत दुई हप्तादेखि हरेक दिन प्रदर्शन हुँदै आएको छ । प्रदर्शनमा केही विकृति देखिएका छन् भने दर्जनौं व्यक्ति पक्राउ परेका छन् ।
न्यायपालिकाप्रति विश्वास कायम राख्न प्रधानन्यायाधीशसहित सबै न्पायाधीशको सम्पत्ति …
कानून निर्माणमा नागरिक सहभागिता बढाउन मन्त्रालयद्वारा नयाँ डिजिटल प्लेटफर्म सा…
सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल केही दिनयता विक्षिप्तजस्तै द…
नेपाल बार एसोसिएसनले पदाधिकारीहरूको आकस्मिक बैठक राखे
न्यायाधीशले पदोन्नतिका लागि सरकार रिझाउँदा संविधान कमजोर हुन्छ: नेपाल बार
प्रधानन्यायाधीशमा डा शर्माको सिफारिस: न्यायपालिकामा नयाँ अध्यायको संकेत
एक वर्षमा छ वटा पाटेबाघ मरे
प्रतिक्रिया