विश्वकप क्रिकेट सेमिफाइनलमा आज भारत र न्युजिल्यान्डबीच प्रतिस्पर्धा
विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा आज भारत र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदै छ ।
मुम्बईस्थित वान्खेडे स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार अपराह्न २: १५ बजेदेखि सुरु हुने छ । जारी विश्वकपमा भारत लिग चरणमा अपराजित रहँदै सेमिफाइनलमा पुगेको हो । लिग चरणमा खेलेका ९ खेलमा जित हासिल गरेको भारत अंकतालिकामा शीर्ष स्थानमा रहेको थियो ।
त्यसैगरी न्यूजील्याण्ड भने लिग चरणमा खेलेका ९ खेलमा ५ खेलमा जित हासिल गर्दै अंक तालिकामा चौथो हुदै सेमिफाइनलमा पुगेको हो ।
सन् २०१९ मा विश्वकपको सेमिफाइनलमा बेहोरेको हारको बदला लिने अवसर पनि भारतलाई छ । तर, विश्वकपसहित आईसीसीका प्रतियोगितामा भने रेकर्ड न्युजिल्यान्डको पक्षमा रहेको छ । यसै पटकको समूह चरणमा हराउनुअघि भारतले न्युजिल्यान्डलाई सन् २००३ को विश्वकपमा पराजित गरेको थियो ।
प्रतिक्रिया