कोशी प्रदेश:भागवण्डा मिल्यो,सरकार विस्तार कहिले?
कोशी प्रदेश मन्त्रिपरिषद् छठ पर्व सकिएपछि मात्रै विस्तार हुने भएको छ । तिहार अगाडि नियुक्ति नभएपनि दलहरुका बीचमा राजनीतिक नियुक्तिका बिषयमा सहमति भएको हो ।
सत्ता गठबन्धन दलहरू काँग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जसपाको पटक पटक बसेको छलफलले उक्त सहमति गरेको हो । मुख्यमन्त्री केदार कार्कीनिकट स्रोतका अनुसार प्रदेशका ९ मन्त्रालयमध्ये नेपाली कांग्रेसले मुख्यमन्त्रीसहित चार वटा राख्ने छ । नेकपा माओवादी केन्द्रले ३ र नेकपा एकीकृत समाजवादीले एउटा मन्त्रालय लिनेछ ।
कोशीमा अहिले कांग्रेसबाट शम्शेर राई, माओवादीबाट गणेश उप्रेती र एकीकृत समाजवादीबाट कमल जवेगु सरकारमा छन्।सहमतिअनुसार अब कांग्रेसबाट थप दुई जना, माओवादीबाट २ जना र जसपाबाट एकजना मन्त्री बन्नेछन्।
मुख्यमन्त्री कार्कीले सरकार विस्तार, बजेट प्रतिस्थापन विधेयकलगायत विषयमा शुक्रबार माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राईसँग छलफल गरेका थिए । मुख्यमन्त्री कार्कीले काँग्रेस दलका नेता उद्धव थापा र जसपाकी सांसद निर्मला लिम्बूसँग पनि बिहीबार छलफल गरेका थिए ।
नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले तिहार र छठपछि सरकार विस्तार गर्ने सहमति भएको बताए । ‘सरकार विस्तार र जिम्मेवारी बाँडफाँडका विषयमा लगभग सहमति भएको छ’, उनले भने, ‘तिहारपछि निष्कर्षमा पुग्छौं ।’
गण्डकी प्रदेशसभाको रोष्ट्रमबाटै सांसद रेशम बहादुर जुग्जालीले च्याते बजेट पुस्ति…
क्यान्सर उपचारमा गण्डकी सरकारको सहायता, सयौँ लाभान्वित
गाउँ छाडेर हिड्ने प्रबृति चुनौती : मुख्यमन्त्री पाण्डे
गण्डकीमा नयाँ सरकार गठनमा राप्रपा निर्णायक
पोखराको सम्पुर्ण जानकारी दिन ‘पोखरा घर’ निर्माण गरिँदै
गण्डकी प्रदेशभर आज सार्वजनिक बिदा
नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको प्रथम सम्मेलन आज (मंगलबार)देखि सुरु हुँ…
प्रतिक्रिया