भिरबाट लडेर घाइते अभिनेता प्रकाश घिमिरे डिस्चार्ज

काठमाडौँ । भिरबाट लडेर घाइते  अभिनेता प्रकाश घिमिरे डिस्चार्ज भएका छन् । 

कात्तिक १० गते नदीपुरमा लडेर गम्भीर घाइते भएपछि उहाँको पोखरास्थित मणिपाल अस्पतालमा उपचार गरिएको हो । 

स्वास्थ्यमा सुधार आएपछि उहाँलाई बुधबार अस्पतालबाट डिस्चार्ज गरिएको मणिपाल शिक्षण अस्पतालका निर्देशक अभिषेक निर्देशक उनका अनुसार  घिमिरेको स्वास्थ्यमा सुधार आएको र टाउकोमा लागेको चोटमा पनि सुधार आएको  छ । 

उहाँको अवस्था सामान्य भएपछि डिस्चार्ज गरिएको हो ।