नेकपा एमाले कोशी प्रदेश संसदीय दलको बैठक बस्दै
काठमाडौं । नेकपा एमाले कोशी प्रदेश संसदीय दलको बैठक बस्दैछ । प्रदेश सभा बैठक बस्नुअघि एमालेको प्रदेश सभा संसदीय दलको बैठक बस्न लागेको हो ।
बैठकमा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने वा कायमै राख्नेबारे छलफल गर्नेछ । एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवती भण्डारीले दलको बैठकको निर्णय अनुसार समर्थन फिर्ता लिने नलिने टुंगो लाग्नेछ ।
कांग्रेसको शेखर समूहका नेता केदार कार्कीलाई मुख्यमन्त्री बनाउन सहयोग गरेको एमालेले आफ्नो चाहनाविपरीत सत्ता गठबन्धनका दुई मन्त्री सरकारमा समावेश गरेपछि आफ्नो पार्टीबाट मन्त्री बनेका रामबहादुर मगरलाई फिर्ता बोलाइसकेको छ ।
गठबन्धनबाट मन्त्री बनाएपछि उसले आफूहरू गठबन्धनमा रहन नसक्ने भन्दै समर्थन फिर्ता लिने चेतावनी दिँदै आएको छ ।
राप्रपा नेता लोहनीले छाडे पार्टी
मालिकार्जुनका केही बस्तीमा अझै पुगेको छैन खानेपानी, ‘पानी देऊ’ भन्दै बित्दैछ…
राष्ट्रपति कार्यालयबाट चोरिएका हात्तीका दाह्रासहित ५ जना पक्राउ, लागुऔषध पनि ब…
ओलीको आक्रोश: आगो लगाएर खरानी बनाएको ठाउँमा मेरो सम्पत्ति विवरण माग्ने ? खरा…
लेबनानमा इजरायली आक्रमण : ६ जनाको मृत्यु
प्रधानन्यायाधीश शर्माद्वारा न्यायपालिका थप समुन्नत र सबल बनाउने प्रतिबद्धता
कोशी प्रदेशमा पनि बेरुजु बढ्दो
प्रतिक्रिया