वेस्ट बैंकमा इजरायलीले गरेको आक्रमणको बाइडेनले गरे निन्दा
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले वेस्ट बैंकमा बसोबास गर्ने इजरायलीले प्यालेस्टाइनीहरूमाथि गरेको आक्रमणले तनावमा ‘पेट्रोल थपेको’ भन्दै निन्दा गरेका छन् ।
बाइडेनले इजरायलीहरूले कब्जा गरेको वेस्ट बैंकमा प्यालेस्टाइनीहरू विरुद्ध भइरहेको बढ्दो आक्रमणको अन्त्य गर्न आहृवान समेत गरेका छन् ।
अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासको आक्रमण र घेरामा परेको गाजा पट्टीमा इजरायलले निरन्तर बमबारी गरेपछि वेस्ट बैंकमा प्यालेस्टिनीहरू विरुद्ध हिंसा बढेको छ ।
प्यालेस्टिनी अधिकारीहरूका अनुसार केही वेस्ट बैंकमा बसोबास गर्ने इजरायलीले प्यालेस्टिनीहरूको हत्या समेत गरेका छन् ।
अधिकारवादी समूहहरूले पनि वेस्ट बैंकमा बसोबास गर्ने इजयारलीहरूले कारमा आगजनी गरेका छन् र प्यालेस्टाइनी समुदायमाथि आक्रमण गर्दै उनीहरूलाई ती क्षेत्रहरू खाली गर्न बाध्य पारिरहेको बताएका छन् ।
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
दिल्लीको रेस्टुरेन्टमा भीषण आगलागी, अहिलेसम्म २१ जनाको मृत्यु
अमेरिका–चीनबीचको रणनीतिक स्थिरता क्षेत्रीय र विश्व शान्तिका लागि महत्वपूर्णः अम…
अमेरिका–चीनबीचको रणनीतिक स्थिरता क्षेत्रीय र विश्व शान्तिका लागि महत्वपूर्णः अम…
इरानसँगको सम्झौताबारे ट्रम्पको छलफल निष्कर्षविहिन
बाल यौन दुर्व्यवहारको आरोपमा श्रीलङ्काका बौद्ध भिक्षु निलम्बित
अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो
प्रतिक्रिया