इजरायल–हमास युद्धमा परी मृत्यु हुँदा चिन्न सकियोस् भनि बालबालिकाका हात–खुट्टामा लेखिँदैछ नाम
इजरायल र प्यालेस्टिनी चरमपन्थी समूह हमासबीच १८ दिनदेखि जारी लडाइँमा परी मृत्यु हुनेको संख्या ६ हजार ५०० भन्दा धेरै पुगेको छ।
बीबीसीका अनुसार युद्धका कारण स्थिति निकै दर्दनाक अवस्थामा पुगेको छ । खासगरी गाजा क्षेत्रको अवस्था यति धेरै निराशाजनक छ कि आमा–बाबुहरुले आफ्ना बालबच्चाको हात र खुट्टामा नाम लेखिदिन थालेका छन् ताकि आक्रमणमा परी मृत्यु भएमा आफ्ना छोरा–छोरीको शव चिन्न सकियोस् ।
बीबीसीले खान युनिसमा शरण लिएर बसिरहेको एक परिवारले आफ्नो बच्चालाई बैजनी र कालो रंगको ब्रासलेट लगाइदिएको फोटोसहितको समाचार प्रकाशित गरेको छ । सो समाचारमा लेखिएअनुसार उक्त ब्रासलेटमा बच्चाको नाम लेखिएको छ । किनभने कथंकदाचित इजरायल–हमास युद्धमा त्यो बच्चाको मृत्यु भएमा त्यही ब्रासलेट र ब्रासलेटमा लेखिएको नामबाट बच्चाको पहिचान खुलोस् ।
गत हप्ता सामाजिक सन्जालहरुमा आमा–बाबुले आफ्ना बालबच्चाको हात–खुट्टामा नाम लेखिरहेको भिडियो सार्वजनिक भएको थियो । यसका साथै मुटु काँप्ने फोटो पनि सार्वजनिक भएको थियो, उक्त फोटोमा अस्पतालको शवगृहमा बच्चाहरुको शव लहरैसँग राखिएको थियो । ती मृतक बच्चाहरुको ट्राउजर माथि सार्दै अभिभावकले आफ्नो बच्चाको नाम हेरिरहेका थिए ।
हमासले इजरायलमा ७ अक्टुबरमा एक्कासी आक्रमण गरेपछि इजरायलले युद्ध घोषणा गर्दै जवाफी कारबाही सुरु गरेको थियो । हमासको आक्रमणमा परी १० नेपालीसहित १ हजार ४०० जनाको मृत्यु भएको पुष्टि भएको छ भने इजरायलले गरेको जवाफी कारबाहीमा सर्वसाधारणसहित ६ हजार ५०० भन्दा धेरै मारिएको हमासले जनाएको छ ।
हमासलाई लक्षित गरी आक्रमण गरेको भनिए पनि यसबाट ठूलो संख्यामा बालबालिकाहरुसहित सर्वसाधारण नागरिकहरु मारिएका अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन् । हमासका अनुसार इजरायलको हवाई हमलामा परी २ हजार ७०० भन्दा बढी बालबालिकाको मृत्यु भइसकेको छ ।
हमासका अनुसार गत २४ घण्टामा ७५६ जनाको मृत्यु भएको छ भने त्यसमा ३४४ जना बालबालिकाहरु छन् । बीबीसीका अनुसार यो संख्या एकैदिनमा मृत्यु भएको हालसम्मकै धेरै हो ।
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
दिल्लीको रेस्टुरेन्टमा भीषण आगलागी, अहिलेसम्म २१ जनाको मृत्यु
अमेरिका–चीनबीचको रणनीतिक स्थिरता क्षेत्रीय र विश्व शान्तिका लागि महत्वपूर्णः अम…
अमेरिका–चीनबीचको रणनीतिक स्थिरता क्षेत्रीय र विश्व शान्तिका लागि महत्वपूर्णः अम…
इरानसँगको सम्झौताबारे ट्रम्पको छलफल निष्कर्षविहिन
बाल यौन दुर्व्यवहारको आरोपमा श्रीलङ्काका बौद्ध भिक्षु निलम्बित
अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो
प्रतिक्रिया