‘नेपाली भाषाप्रति प्रहार भइरहेको छ’

गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले नेपाली भाषा र धर्ममाथि प्रहार भइरहेको बताउनुुभएको छ ।

    नेपाली कांग्रेस कास्की क्षेत्र नं १ (ख) द्वारा पोखरामा आज आयोजित नेपाली कांग्रेसको प्रथम प्रदेश सम्मेलन एवं विजयदशमी तथा दिपावलीको शुभकामनामा उहाँले नेपाली भाषा र धर्मप्रति प्रहार गरी जनताले प्राप्त गरेका उपलब्धिलाई समाप्त गर्न खोजिएको बताउनुुभयो ।

    सबै जात, धर्म, भाषा र संस्कृतिलाई एकताको रुपमा लिँदै आएको बताउँदै मुख्यमन्त्री पाण्डेले सामाजिक सद्भाव खलबल गरी मुलुकलाई कमजोर बनाउने तत्वसँग सजग रहनुपर्नेमा जोड दिनुुभयो । मुख्यमन्त्री पाण्डेले कांग्रेस कमजोर भए सङ्घीय लोकतन्त्र धरापमा पर्ने बताउँदै सबै नेता तथा कार्यकर्ताले आफ्नो कमजोरीलाई सच्याउँदै जानुपर्ने बताउनुभयो ।

    आफूू नेतृत्वको सरकारले सकेसम्म राम्रो काम गर्ने उल्लेख गर्दै उहाँले पार्टी र कार्यकर्ताको शिर झुकाएर कांग्रेसलाई बन्धक बनाउन नचाहेको स्पष्ट पार्नुभयो ।
 कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले कांग्रेसको विकल्प कांग्रेस नै भएको बताउँदै यही पार्टीमा नै रहेर प्रजातन्त्रको पूर्ण सदुपयोग गर्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।

    कांग्रेसका नेता सच्चिनुुपर्ने बताउँदै उहाँले भन्नुुभयो, “कांग्रेससँगै डराउनुपर्छ अन्य पार्टीसँग डराउनुपर्दैन, कांग्रेस एक भएर गएमा प्रजातन्त्र पनि बलियो हुन्छ र मुलुकले पनि आर्थिक र सामाजिक उपलब्धि हासिल गर्न सक्छ ।”

     कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले विदेशिने युवा जनशक्तिलाई स्वदेशमै रोजगार दिन कृषि र अन्य उत्पादनशील क्षेत्रमा लाग्ने नीति लिनुुु जरुरी भएको बताउनुुभयो । कास्की क्षेत्र नं १ (ख) का सभापति कृष्ण कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व कास्की जिल्ला सभापति कृष्ण केसी, गण्डकी प्रदेशका सहमहामन्त्री कोपिला रानाभाट, गण्डकी प्रदेशसभा सदस्य सरस्वती गुरुङ, गण्डकी प्रदेशका प्रवक्ता माधव बास्तोला (मधु), क्षेत्रीय सभापति राजेन्द्रमणि लामिछाने, पूर्वजिल्ला सचिव सुदीपमोहन भट्टराई, विमला भण्डारीलगायतले कांग्रेसलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा जोड दिनुभएको थियो ।