भूमि बैंक स्थापना
कास्कीको अन्नपूर्ण गाउँपालिकाले बाँझो खेत प्रयोगका लागि भूमि बैंक स्थापना गर्ने भएको छ । गाउँपालिकाले न्यूनतम २० वर्षका लागि जग्गा लिजमा लिई व्यावसायिक खेती गर्न गाउँपालिकामार्फत प्रस्ताव आह्वान गरी उपयुक्त प्रस्तावलाई छनोट गर्ने नीति लिएको हो ।
जग्गाको भौतिक पूर्वाधार, ग्रामीण सडक, सिँचाइ, विद्युत्, खानेपानी, शीत भण्डार आदि प्राविधिक सहायताका साथै मल, बीउ, बिजन र बजार प्रवद्र्धनमा गाउँपालिकाले पहल गर्ने गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले बताउनुभयो । उहाँका अनुसार बाँझो जमीन निरुत्साहित गर्न बाँझो खेत राख्ने कृषकलाई कृषि सुविधाबाट वञ्चित गरिने छ ।
गाउँपालिकाले कम्तीमा पाँच रोपनी वा सोभन्दा बढी जग्गामा मौसमअनुसार एकै प्रकारको खेती गर्ने कृषकलाई व्यावसायिक कृषकका रूपमा पहिचान गर्ने उहाँले जानकारी दिनुभयो ।
उहाँले गाउँपालिकालाई कोदोमा आत्मनिर्भर बनाइने र यसको प्रवद्र्धन गर्न अनुदानको व्यवस्था गरी सबै होटल तथा रेष्टुरेन्टमा कोदाको परिकार मेनुमा राख्न अनिवार्य गरिने उल्लेख गर्नुभयो । कोदो खेतीको प्रवद्र्धनका लागि गाउँपालिकाले विगत वर्षदेखि कोदो महोत्सव गर्दै आएको छ ।
गाउँपालिकाको कृषि स्रोतमा आधारित रैथाने बाली, जडीबुटी र फलफूल लगायतका कृषि उपजको उद्योग स्थापना गर्न निजी क्षेत्रलाइ आकर्षण गर्ने नीति लिएको छ । गाउँपालिका भित्रका कृषि समूह, विभिन्न मोडलका कृषि फर्मका कार्यक्रमलाई सम्बन्धित सरोकारवालासँग समन्वय गरी व्यावसायिक कृषिका रूपमा विकास गरिने योजना छ ।
गाउँपालिका भित्रका निश्चित स्थानमा आलु उत्पादन कार्यक्रम सञ्चालन गरिने जानकारी दिँदै उहाँले कौसी खेती, करेसाबारी, घरबगैँचामा तथा पोषणयुक्त बाली लगाउन प्रोत्साहन गरिने बताउनुभयो ।
टिकटकर तुलसी अधिकारीविरुद्धको मुद्दामा थुनछेक बहस जारी, आज आदेश आउन सक्ने
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
हत्कडी र थुनुवा पोसाकमा अदालत पुर्याइइन् टिकटकर तुलसा: आजै थुनछेक आदेश आउने
‘अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह’
अमेरिकी संसद्मा राष्ट्रपतिको स्वास्थ्यका विषयमा विवाद
छुवाछूतका घटनाप्रति नेता आङदेम्बे चिन्तित
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
प्रतिक्रिया