अमेरिकामा ज्यान गुमाएको परिवारलाई दश लाख सहयोग
बागलुङमा जन्मेर रोजगारीको सिलसिलामा अमेरिकामा मृत्यु भएका एक व्यक्तिको परिवारलाई शनिबार यहाँ एक कार्यक्रममा सहयोग रकम हस्तान्तरण गरिएको छ ।
बागलुङ जिल्लाको जैमिनी नगरपालिका–१ कुस्मिशेरा निवासी तुलसा थापाको रोजगारीको सिलसिलामा अेमिरिकामा अचानक हृदयघातले ३८ वर्षको उमेरमै निधन भएपछि मगर सङ्घ अमेरिकाको संयोजनमा सङ्कलन भएको रु १० लाख ५८ हजार ७६४ थापाकी आमा हरिकला थापालाई हस्तान्तरण गरिएको हो ।
अमेरिकामा समेत सामाजिक काममा क्रियाशील थापाको निधनले परिवारमा अपूरणीय क्षति पुगेको भन्दै अमेरिकामा रहेको नेपाल मगर सङ्घका अध्यक्ष कुलदीप रानाको संयोजनमा सङ्कलन गरिएको रकम नेपालमा समन्वयकर्ताको भूमिका खेलेको नेपाल पत्रकार महासङ्घ बागलुङ शाखा र नेपाल मगर सङ्घ बागलुङको रोहवरमा उक्त रकम परिवारलाई हस्तान्तरण गरिएको हो ।
तुलसा थापाको २५ डिसेम्बर २०१९ मा अमेरिकाको टेक्सासमा निधन भएको थापाका आफन्त तारा थापाले जानकारी दिनुभयो । मृतक थापा अमेरिकाको टेक्सासमा रहेको मगर सङ्घको सदस्यसमेत हुनुहुन्थ्यो ।
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
ऐरीलाई उछिन्दै भुर्तेल बने टी२० अन्तर्राष्ट्रियमा धेरै रन बनाउने नेपाली खेलाडी
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै
टिकटकर तुलसी अधिकारीविरुद्धको मुद्दामा थुनछेक बहस जारी, आज आदेश आउन सक्ने
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
हत्कडी र थुनुवा पोसाकमा अदालत पुर्याइइन् टिकटकर तुलसा: आजै थुनछेक आदेश आउने
प्रतिक्रिया