सवारी दुर्घटनामा परी २ जनाको मृत्यु
ईलाम-
माई नगरपालिका १ पालटारस्थित सडकमा मे १ त ७४४० नम्बरको ट्याक्टर आफैं अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेर बिहीबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार २ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका चालक सोही नगरपालिका ८ फुलबारी बस्ने २१ वर्षीय सुजन बिश्वकर्मा र ट्याक्टरमा सवार सोही नगरपालिका १ बस्ने ११ वर्षीय नितेश गिरीलाई उपचारको लागि बिएनसीसी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
सुर्खेत-
भेरीगंगा नगरपालिका ३ डुङगे खोला मैनतडामा भे १ त ६८६२ नम्बरको ट्याक्टरमा ढुङगा अनलोड गर्ने क्रममा ट्याक्टर चालक सोही नगरपालिका १२ मासिना बस्ने २३ वर्षीय प्रकाश वलीको ट्रलीमा च्यापिएर मृत्यु भएको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
राप्रपा छोडे धवलशम्शेरले, १८३ नेताले दिए सामूहिक राजीनामा
झापामा हुरी र वर्षाले केराखेती नष्ट
सगरमाथा क्षेत्रमा बेपत्ता दावा शेर्पा जीवितै फेला
प्रतिक्रिया