मतदानमा तटस्थ बसेका प्रदेश सांसद कृष्ण थापा फेरि पदमुक्त

पोखरा । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सांसद कृष्ण थापा फेरि पदमुक्त भएका छन् ।पार्टीको हृवीप उल्लंघन गरेकाले थापालाई पदमुक्त गरिएको जनेमार्चाले जनाएको छ ।बिहीबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभामा विश्वासको मत मागेका बेला भएको मतदानमा थापा तटस्थ बसेका थिए ।

सभामुख नेत्रनाथ अधिकारीले शुक्रबारको प्रदेशसभा बैठकमा राजनीतिक दल सम्बन्धि ऐन २०७३ को परिच्छेद ६ दफा ३५ को उपदफा १ बमोजिम उनलाई पदमुक्त भएको जानकारी गराएका हुन ।

गत बिहीबार सांसद पदबाट हटाइएका थापालाई गत आइतबार सर्वोच्च अदालतले पुर्नबहाली गरेको थियो ।थापा बाग्लुङ निर्वाचन क्षेत्र नम्बर १ को खबाट निर्वाचित सांसद हुन् ।पुनर्बहाली गर्ने सर्वोच्चको आदेशमाथि जनमोर्चा, प्रदेशसभा, सभामुखले पुनरावलोकनको माग गरेका थिए । यससम्बन्धी आगामी ३१ गते सुनुवाइ हुँदैछ ।