पहिलो चोटी ल्याबमा तयार भयो आमाको दूध, खुला बजारमा बेच्ने तयारी

कुनै पनि नवजात शिशुको मानसिक र शारीरिक वृद्धिको लागि आमाको दूध सर्वोत्तम मानिन्छ । अहिले टेक्लोलोजी यतिसम्म अगाडि बढ्यो कि अब नवजात शिशुको लागि ब्रेस्ट मिल्कलाई साइन्स ल्याबमा तयार गर्ने तरिका खोजियो ।

बायोमिल्क नामको एक स्टार्ट अपले महिलाको स्तन कोशिकाबाट दूधलाई तयार गर्ने कुरामा सफलता पाएको छ । यस कम्पनीमा बढी महिलाहरु न्ै छन् । कम्पनीको भनाई छ कि ल्याबमा तयार गरिएको यस दूधमा काफी हदसम्म ती सबै पौष्टिक तत्व छ जुन ब्रेस्ट मिल्कमा पाइन्छ ।

कम्पनीले दावी गरेको छ कि मैक्रोन्यूट्रियण्ट प्रोफाइलको हिसाबले हेर्ने हो भने यसमा ती सबै प्रकारको प्राटिन्स, कार्बोहाइड्रेट, फैटी एसिड्स र बायोएक्टिभ लिपिड्स मौजुद छ जुन कुनै पनि आमाको दुधमा पाइन्छ । तर पनि दुवै दूधमा एउटा अन्तर एंटीबडीजको छ ।

यस कम्पनीको कोफाउण्डर र चीफ साइन्स अफिसर डाक्टर लीला स्ट्रिकलैंडले फोब्र्सको साथ बातचीतमा भनिन् कि एंटीबडी नहुनुको बाबजुद हाम्रो प्रोडक्टको न्यूट्रिशिनल र बायोएक्टिव कम्पोजिशन कुनै पनि अरु प्रोडक्टको मुकाबला बढी छ र यो ब्रेस्ट मिल्कसँग सबैभन्दा बढी मिल्दछ ।