महिला स्वास्थ्य स्वयंसेविकाले पाउँदै आएको यातायात खर्चमा वृद्धि,अब १२ हजार पाउने

सरकारले महिला स्वास्थ्य स्वंसेविकाहरूको भत्ता बढाएको छ । 

अर्थमन्त्री विष्णु पौडेलले शनिबार आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै  मुलुकभरका ५२ हजार महिला स्वास्थ्य स्वंयसेवीकालाई दिँदै आईएको यातायात खर्चमा शतप्रतिशत वृद्धि गरी १२ हजार पुर्‍याएको बताए।

यस्तै, काठमाडौं उपत्यकामा ३ सय शैय्याको र सबै प्रदेशमा ५० शैय्याको सरुवारोग अस्पताल निर्माण गर्न १ अर्ब ३० करोड विनियोजन गरेको उनले बताए ।