साताको अन्तिम कारोबार,सरकार परिवर्तनको अन्तिम दिन के होला सेयर

काठमाडाैँ। साताको सेयर बजारकोअन्तिम कारोबार हुदैछ।साथै केपि शर्मा ओलिको सरकार ढलेर नयाँ सरकार बन्ने चरणमा पनि दलहरु लागेका छन् जसको प्रभाव आजको सेयर बजारमा देखिने छ।लगानी कर्ता पर्ख र हेरको अबस्थामा छन् ।त्यो अबस्थामा सेयर हुन्छ भन्नेमा सबैको चासो छ।बढेको बजारमा लगानी बढाउने मनसायमा लगानीकर्ताहरु लागेका छन् ।

 बुधबार नेप्से परिसूचकमा सामान्य अंकले बढेको छ । लगानीकर्ता पर्ख र हेरको अवस्थामा बस्दा सेयर मूल्यमा सामान्य प वृद्धि हुन पुगेको थियो।

नेप्से सूचकले गति लिन नसक्दा लगानीकर्ता पर्ख र हेरको अवस्थामा देखिएका छन्। एकातिर बढ्दो कोरोना संक्रमण र अर्कोतिर राजनैतिक अन्योलताले लगानीकर्ता पर्ख र हेरको अवस्थामा देखिएका थिए।तर आज राजनीतिले एउटा कोर्स पुरा गर्छ।
बुधबार नेप्से सूचक ० दशमलव ५६ अंकले बढेर २ हजार ५ सय ७३ दशमलव८८ विन्दुमा पुगेको छ भने सेन्सेटिभ सूचकमा पनि समान्य बृद्धि देखिएको छ।

यस दिन २ सय १५ वटा कम्पनीको १ करोड ४८लाख ५४ हजार ४ सय २२ कित्ता शेयर ५ अर्ब ३२ करोड ६० लाख ५२ हजार ८०१ रुपैयाँमा खरिद बिक्री भएको छ।

बुधबार हाइड्रोपावर र फाइनान्स कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको छ। यस दिन हाइड्रा्पावर उपसमूहको सूचक १ दशमलव २२ प्रतिशतले बढेको छ भने फाइनान्स उपसमुहको सूचक पनि १.१८ प्रतिशतले बढेको छ।

कारोबारमा आएका १३ उपसमूहमध्ये ७ उपसमूहको सूचक सकारात्मक देखिएका छन भने ६ उपसमूहको सूचक नकारात्मक देखिएका छन्।

यस दिन नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै ३५ करोड १६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने जलविद्युत लगानी तथा विकास कम्पनीको २६ करोड ९५ लाख,अपि पावरको १४ करोड ८४ लाख र शिवम् सिमेन्ट्सको १४ करोड ५६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।