सदिक खान दोश्रो पटक पनि बने लण्डनको मेयर

बेलायतको राजधानी लण्डनको मेयरमा सदिक खानले लगातार दोस्रो पटक निर्वाचन जितेका छन् । हालै सम्पन्न निर्वाचनमा खान आफ्नो दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

५१ बर्षिय खानले कन्जरभेटिभ उम्मेदवार शाउन बेलीलाई पराजित गरेका हुन् । पहिलो चरणको निर्वाचनमा कुनै उम्मेदवारले पनि ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणमा खान र बेलीबीच निर्वाचन भएको थियो । यसमा खानले ५५।२ प्रतिशत मत ल्याए भने बेलीले ४४।८ प्रतिशत मत ल्याएका थिए ।

२०१६ मा पहिलो पटक मेयर बनेका उनी पहिलो मुस्लिम मेयर पनि हुन् । विश्वकै चर्चित शहर लण्डनको मुस्लिम मेयर बनेपछि विश्वमै उनको चर्चा भएको थियो । कोरोना महामारीका कारण एक बर्ष ढिलो निर्वाचन भएका कारण उनी अब तीन बर्षका लागि लन्डनको मेयर हुने भएका छन् ।