१४ सांसदसहित ६५ जनामा कोरोना पुष्टि,केहीकाे रिपोर्ट आउन बाँकी

काठमाडाैं । १४ सांसदसहित ६५ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।

संसद सचिवालयमा संकलन गरिएको स्वाब परीक्षणमा १४ जना सांसद र संसद सचिवालयका कर्मचारी, पत्रकार तथा सुरक्षाकर्मीसमेत गरी ६५ जनामा संक्रमण पुष्टि भएको हो ।

वैशाख २७ गते संसदको विशेष अधिवेशन आह्वान भएपछि लगातार तीन दिन संसद भवन नयाँ वानेश्वरमा स्वाब संकलन गरिएको थियो ।अझै केहीकाे रिपोर्ट आउन बाँकी रहेको जनाइएकाे छ ।