सवारी दुर्घटनामा दुई जनाको मृत्यु
सप्तरी -
राजगढ गाउँपालिका ४ स्थित खेत जोत्ने क्रममा स १ त ५८७६ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिएर बुधबार बिहान दुर्घटना हुँदा ट्याक्टरका चालक सोही गाउँपालिका बस्ने ३२ वर्षीय अनिल कुमार मण्डलको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
म्याग्दी-
बेनी नगरपालिका ४ थामडाँडा टिमुरबोटस्थित सडकमा ना ७ त ४०४६ नम्बरको ट्याक्टर सडकबाट करिब ३० मिटर तल खसेर मंगलबार दुर्घटना हुँदा ट्याक्टरका चालक सोही नगरपालिका५ पुल्लाचौर बस्ने २३ वर्षीय रमेश भन्ने रेशम दर्जीको मृत्यु भएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
टिकटकर तुलसी अधिकारीविरुद्धको मुद्दामा थुनछेक बहस जारी, आज आदेश आउन सक्ने
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
हत्कडी र थुनुवा पोसाकमा अदालत पुर्याइइन् टिकटकर तुलसा: आजै थुनछेक आदेश आउने
‘अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह’
अमेरिकी संसद्मा राष्ट्रपतिको स्वास्थ्यका विषयमा विवाद
छुवाछूतका घटनाप्रति नेता आङदेम्बे चिन्तित
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
प्रतिक्रिया