देउवालाई किन छ डर ?
पाँच वर्ष पनि कुर्नै नपरी सत्ता घुमिफिरी हातमा आउन लाग्दा नेपाली कांग्रेस केपी ओली सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन त चाहन्छ, तर उसलाई डर छ, जनता समाजवादी पार्टीको पनि पूर्वमधेसवादी समूहसँग । कारण हो, ०५३ सालको झस्काई । त्यसबेला एमालेले जसरी मधेसी नेताबाट धोका खायो, अहिले त्यो धोका आफूमा आउला भन्ने चिन्ता छ उसलाई ।
०५२ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री हुनुभएको बेला प्रतिनिधिसभा विघटन गरी मध्यावधि सिफारिस भयो । भदौ १२ मा सर्वोच्चले प्रतिनिधिसभा व्युँताइदिएपछि शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भयो । उक्त सरकार ढाल्नका लागि एमालेले पहिलोचोटि सद्भावना पार्टीसँग मिलेर अविश्वास प्रस्ताव लग्यो । त्यसबेला ऊसँग रहेका केही सांसदका कारण प्रस्ताव पारित हुने निश्चित थियो । तर, सभापति गजेन्द्रनारायण सिंहले अन्तिममा आएर आफैँले ‘यसमा हाम्रो समर्थन छैन’ भनिदिनुभयो । एमाले र राप्रपाहरु हेरेका हे७थभलसयै भए । धन्न अहिलेजस्तो, एकचोटि अविश्वासको प्रस्ताव दर्ता भएपछि एक वर्षसम्म अर्को प्रस्ताव दर्ता नहुने प्रावधान त्यसबेला थिएन । र, गजेन्द्रनारायणको धोकापछि राप्रपाको एउटा खेमालाई मनाएर एमालेले अविश्वास प्रस्ताव पारित गरायो र ०५३ मै लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री बन्नुभयो । अहिले कांग्रेसको झस्काईसँग त्यही घटना जोडिएको छ ।
कांग्रेस बैठकमा यस्तो इतिहास सम्झने व्यक्ति हुन्, सभापति निकट रमेश लेखक । नेपालको समकालीन राजनीतिलाई सतही रुपमा बुझ्नेलाई लाग्छ– ओलीले भारतलाई यत्रो गाली गरे । त्यसकारण शेरबहादुर देउवाका लागि यो मौका हो । तर, राजनीति बुझ्नेहरु भन्छन्, ‘यो बचकना सोचाई हो ।’ किनभने, भारतको पहिलो उद्देश्य नेकपालाई क्षतविक्षत बनाउनु थियो, बन्यो । माओवादी फुटाउने प्रपञ्च पनि सफल भयो । अब नेकपा एमालेको फुटलाई अझ संस्थागत गर्दै जाने कुरा स्वभाविक तवरले भइरहेकै छ । यसका लागि पनि अहिले ओलीलाई भरथेग गर्नु भारतका निम्ति श्रेयष्कर हुन्छ । यही आधारमा शेरबहादुरले बुझेका छन्, ‘म पहिलो प्राथमिकता होइन ।’आजको जनआस्थासाप्ताहिक समाचार छ ।
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
ऐरीलाई उछिन्दै भुर्तेल बने टी२० अन्तर्राष्ट्रियमा धेरै रन बनाउने नेपाली खेलाडी
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै
टिकटकर तुलसी अधिकारीविरुद्धको मुद्दामा थुनछेक बहस जारी, आज आदेश आउन सक्ने
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
हत्कडी र थुनुवा पोसाकमा अदालत पुर्याइइन् टिकटकर तुलसा: आजै थुनछेक आदेश आउने
प्रतिक्रिया