निजी अस्पताल कोभिड अस्पतालको सूचीबाट आउट !
सरकारले कोभिड–१९ बिरामीका लागि शय्या, आईसीयू, भेन्टिलेटर अभाव नभएको भन्दै निजी अस्पताललाई कोभिड अस्पतालको सूचीबाट हटाएको छ । अब सरकारी अस्पताल र प्रयोगशालामा मात्रै कोभिडको निःशुल्क उपचार र परीक्षण गरिनेछ । निजीअन्तर्गतका मेडिकल कलेजमा भने कोभिडको उपचार हुनेछ ।
‘हाललाई सरकारी अस्पतालमै कोभिड बिरामीका लागि जनरल बेड, आईसीयू र भेन्टिलेटर पर्याप्त उपलब्ध रहेकाले थप आवश्यक नभएसम्म निजी अस्पतालबाट दिइने निःशुल्क कोभिड उपचार परीक्षण सेवा स्थगन गरिएको छ,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले भने । उनका अनुसार आगामी दिनमा आवश्यक देखिए पुनः निजी अस्पतालहरूलाई निःशुल्क कोभिड उपचार केन्द्रका रूपमा परिणत गर्न सकिनेछ । स्वास्थ्य मन्त्रालयले आइतबार १२ बजेसम्म कोभिडमा सूचीकृत निजी अस्पतालहरूमा भर्ना भएर १० दिनसम्म उपचार गराउने संक्रमितहरूको मात्र उपचारबापतको रकम शोधभर्ना गर्ने जनाएको छ ।
५२ सरकारी र २७ निजी स्वास्थ्य निकायबाट कोभिडको निःशुल्क उपचार र परीक्षण हुँदै आएको थियो । निजी स्वास्थ्य निकायमध्ये ८ वटा मेडिकल कलेजलाई भने सूचीबाट हटाइएको छैन ।आजको कान्तिपुर दैनिकमा समाचार छ ।
कोभिडका २४ वटा मुद्दाको फैसला एकबर्षसम्म पनि तयार भएनन्
बढ्दै कोरोना संक्रमण : आठ दिनमा २१ संक्रमित फेला
जर्मनीमा एक व्यक्तिले लगाए २१७ पटक कोरोना खोप !
विश्वको नम्बर–१ एप इन्स्टाग्राम
कोभिड –१९ को जोखिम निरन्तर बढ्दै गएको डब्ल्यूएचओको भनाइ
वीरगञ्ज नाकामा दुई व्यक्तिमा भटियाे कोरोना
थप ७६० मा सङ्क्रमण पुष्टि
प्रतिक्रिया