जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

बाँके-नेपालगंज उपमहानगरपालिका-१९ आलानगरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २९ वर्षीय मनोज सार्की समेत १३ जनालाई नगद ४९ हजार २ सय ८० रुपैयाँ र २ गड्डी तास सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।