गण्डकीमा १२९ जना सङ्क्रमित थप, १६७ निको
गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १२९ जना कोरोना सङ्क्रमित थपिएका छन् भने १६७ जना निको भएका छन् । पछिल्लो एक हप्ताको तथ्याङ्कले थपिने सङ्क्रमितभन्दा निको हुनेको सङ्ख्या बढेको देखाएको छ । प्रदेशमा अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ११ हजार १९० पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।
प्रदेशमा हालसम्म निको हुनेको सङ्ख्या छ हजार ३९८ छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ६५१ पुगेका छन् । प्रदेशमा अहिलेसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १४१ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
कोरोना भाइरसको नयाँ भेरियन्ट‘केपी.१’ र ‘केपी.२’ कति घातक ?
काठमाडौं उपत्यकामा कोरोना भाइरसका नयाँ संक्रमित भेटिन थाल्याे
सङ्खुवासभामा कोरोना विरुद्धको बुस्टर खोप अभियान सुरु
सांसद आलेको व्यङ्ग्य-तार काट्ने मुसा पशुपतिनाथ छिरेको हो ?
पछिल्लो २४ घन्टामा ४ जना कोरोना संक्रमित फेला
कोभिड-१९ को मापदण्ड परिमार्जन, अब मास्क स्वेच्छिक
भारतबाट फर्किनेमा देखिन थाल्यो कोरोना सङ्क्रमण
प्रतिक्रिया