पटाका सहित पक्राउ

सुनसरी - ईटहरी उपमहानगरपालिका-५ खाद्य गोदाम नजिकबाट श्रीविजयी कोब्रा नाम लेखिएको ६७ बन्डल पटाका सहित २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा कोशी गाउँपालिका-६ श्रीपुर बस्ने २७ वर्षीय समिर मिया र सोही ठाउँ बस्ने १९ वर्षीय आलम मिया रहेका छन् ।

उक्त स्थानमा भारतबाट पटाका ल्याउँदै गरेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले उनीहरुको साथमा रहेको बोरा र कार्टुनहरु जाँच गर्दा उक्त पटाका फेला पारेको हो ।

उनीहरु उपर मुलुकी अपराध (संहिता) २०७४ अनुसार जिल्ला अदालत सुनसरी ईनरुवावाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।