एनसेल टावरमा आगलागी हुँदा ३० लाख रुपैयाँ बराबरको ब्याट्री तथा पाटपूर्जा जलेर नष्ट         

पर्सा - वीरगंज महानगरपलिका-१६ नगवा फुलवारी टोलस्थित एनसेल टावरमा करेन्ट सर्ट भई शनिबार साँझ आगलागी हुँदा टावरको ब्याट्री, पाटपूर्जाहरु समेत जलेर करिब ३० लाख  रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।