सवारी दुर्घटनामा परी मृत्यु

सिरहा - गोलबजार नगरपालिका-८ पुरानो चोहर्वास्थित सडकमा स.१ ह ३१२८ नम्बरको अटो रिक्साले साईकललाई शनिबार दिउँसो ठक्कर दिँदा साईकलमा सवार मिर्चैया नगरपालिका-११ सोनी गदवा बस्ने ३५ वर्षीया गंगा देवी ठाकुरको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएकी उनको सप्तऋषि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका साइकल चालक मृतकका श्रीमान ४१ वर्षीय राम चन्द्र ठाकुरको सोही अस्पतालमा उपचार भइरहेको छ । अटो र अटो चालकलाई प्रहरी नियन्त्रणमा लिएको छ ।दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।