एनआरएनलाइ पुन संरचना गर्न मेरो उम्मेदवारी

काठमाडाैँ। गोर्खाको फुजेलमा जन्मिएका विनय अधिकारी हाल बेलायतको क्यामरिज विश्वविद्यालयबाट पिएडी अध्ययनरत रहेका छन। गैर आवसीय नेपाल संघको आगामि अक्टोवर १७ देखि २० सम्म हुने महाधिवेशनमा अधिकारीले अध्यक्ष पदमा उम्मेवादरी दिने यस अघि नै घोषणा गरिसकेका छन् । ‘नेपाल बाहिरको नेपालीको सुख दुःखको साथी’ भन्ने नारालाई आत्मसाथ गर्दै एनआरएनको संस्थागत विकासका लागि आगामि तयारी र निर्वाचितपछि उठाउने मुद्दा कस्तो छ ? यि नै विषयमा केन्द्रित रहेर अधिकारीसँग गरिएको कुराकारीको अंश :

हालै मात्र एनआरएनए को उम्मेदवारी घोषणा गर्नु भएको छ कस्तो हुँदै छ तयारी ?
यसपटक मेरो उम्मेदवारी दिनुको केही अर्थ छ । पहिला यो संस्थालाई पुनसंरचना उदेश्यगत ढंगलले लैजाने र त्यो उदेश्यमा राखिएका एजेन्डालाई कार्यान्वयनमा लैजानुपर्ने आवश्यकता भएकैले मेरो उम्मेदवारी दिएको हुँ । तयारीको कुरा गर्दा मैले सबै साथीहरुसँग समन्वय गरेर यसपटक निकै तिब्रताका साथ अघि बढेको उदेश्य हामी जित्छौं भन्नेमा ढुक्क छौं ।

तपाईले एनआरएनएमा उपमहासचिवका रुपमा रहेर कामगरिसक्नु भएको छ, यसपटक अध्यक्षमै उम्मेदवारी दिनु भएको छ नयाँ के छन् एजेन्डा ?
अहिले मैले मुख्य नेपाली नागरिकता,पैत्तिक सम्पत्तिमा हक अधिकार, विदेशस्थित नेपालीलाई सर्वोच्च अदालतको फैसला अनुसार भोटको अधिकार, भुतपूर्व गोर्खाको समान अधिकार पेन्सनको विषय एनआरएनए मार्फत नेपाल सरकारसँग निरन्तर यस्ता मुद्दामा मेरो संधै प्रयत्न रहन्छ ।

साथै मुख्यगरी ग्लोवल एनआरएनएको एनसीसी च्याप्टरलाई बलियो बनाउने, २५ ग्लोबल एनआरएनको एनसीसी च्याप्टरलाई बलियो बनाउने, मध्येपूर्वका देशहरुमा गरिने सरकारद्धारा सरकार हुने श्रम सम्झौता, न्युनतम् पारिश्रमिकका कुराहरुलाई यसमा समेटिने छन् । त्यस्तै अहिले सरकारले विदेशमा मृत्यु भएकाका लागि लास ल्याउनका लागि बीमा छ, त्यो मात्र नभई, श्रम गर्ने क्रममा अंंगभंग भएकाहरुको हकमा पनि बीमाको व्यवस्था गरिनुपर्छ । अर्कोकुरा मध्यपूर्व मलेसिया लगायत देशमा भाषाको समस्या छ, त्यहाँको भाषा नजान्दा मुद्दामामिलामा पर्ने गरेका छन् । 

यस्तो समस्या समाधानका लागि नेपाली दूतावासले एनआरएनसँगको सहकार्यमा कानुनी परामर्शका लागि दोभासेको व्यवस्था गर्नुपर्ने छ । नेपालको पालिकासँगको समन्वयमा विदेशमा पढिरहेका विद्यार्थीहरुलाई इन्टरनसिप तथा स्वयंमसेवक बनेर नेपालको विकास बुझ्ने र आफ्नो ज्ञान तथा सीपको उपयोग हुने वातावरण तयार गरिने छ ।गैर आवासिय नेपाली संघमा तथ्यांक व्यवस्थापन प्रणाली लागु गरी सम्पूर्ण योजना तथा कार्य प्रगती तथा प्रोजेक्ट मोनिटरिङ्ग सिस्टम पारदर्शी तथा जवाफदेही बनाउने कार्य गरिने छ ।

तपाइको विचारमा एनआरएन कस्तो संस्था हो ? कस्तो हुनुपर्छ ?
एनआरएनए आफैमा स्वयंसेवी संस्था हुनुको साथै देश बाहिर रहेका सम्पूर्ण नेपालीहरुलाई जोड्ने एउटा साँघुको रुपमा बिकसित हुदै गएको विशुद्ध सामाजिक संस्था हो । नेपालीको लागि नागरिकताको निरन्तरता । समृद्ध नेपालको लागि हाम्रो सहभागिता नै एनआरएनको मुख्य हो । नेपालमा लगानीको वातारवरण बनाई, अहिले चुलिएको चरम आर्थिक संकटको समयमा सहयोग गर्ने हो ।

तर, एनआएरएनको कुर्सीमा बस्नेहरुले एनआरएनको धारणालाई उदेश्यलाई डाइभर्ट गर्ने काम भएको छ । एनआरएनएन ट्रयाक्क बाहिर गएको छ । त्यसैले यसलाई पहिला संस्था जस्तो बनाउन पर्ने छ । त्यसैले यसमा काम गर्ने छु ।