हुम्ला आउन अब पिसिआर रिर्पोट अनिवार्य


पहिलो पटक हुम्लामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालको अध्यक्षतामा आइतबार बसेको बैठकले गरेको निर्णय अनुसार जिल्ला बाहिरका कुनैपनि स्थानबाट हुम्ला आउनु परेमा पिसिआर परिक्षण गरी रिपोर्ट पेस गर्न अनिवार्य छ ।
शनिबार नेपालगञ्जबाट सिमकोट हुँदै सर्केघाड गाउँपालिका पुगेकी २१ वर्षीय किशोरीमा कोरोना संक्रमण देखिएकोले यस्तो निर्णय गरिएकोे हो ।
पिसिआर गर्दा रिपोर्ट नेगेटिभ आउनेले मात्र हुम्लामा प्रवेश पाउने जानकारी हमालले दिँदछन् ।

साथै क्याप्टनको पिसिआर रिपोर्ट नभएसम्म हेलिकप्टरलाई पनि उडान भर्न नदिने निर्णय बैठकले गरेको जनस्वास्थ्य कार्यालय हुम्लाका जनस्वास्थ्य अधिकृत प्रेमबहादुर सिंहले जानकारी दिए ।