आगलागीबाट विभिन्न धनमाल जेलर नष्ट

सप्तरी - कंन्चनरुप नगरपालिका-२ महादेवपट्टी बस्ने ४५ वर्षीय जाबिर शेखको गाई गोठमा लामखुट्टे धपाउन बालेको घुरबाट आइतबार राति आगलागी हुँदा सोही ठाउँ बस्ने ५० वर्षीय  काबिर शेख र सोही ठाउँ बस्ने ६० वर्षीय साफी महमद शेखको समेत घर जेलर तीनै जनाको करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।