जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

सिराहा - २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गोलबजार नगरपालिका-१० बस्ने २१ वर्षीय दिपेन्द्र मुखियाँ समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मुखियाँ लगायत ५ जनाले भदौ १३ गते ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर बिहीबार बेलुका प्राप्त हुनासाथ  ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले घटनामा संलग्न मध्ये २ जनालाई पक्राउ गरेको हो ।

घटनामा संलग्न फरार अन्य ३ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।