शुक्रबार पनि देशभरका दुई स्थानहरुमा भारी वर्षाको सम्भावना

काठमाडौं - जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विभागले देशबासीलाई सतर्क रहन आग्रह गरेको छ ।

पूर्वानुमान महाशाखाका अनुसार आज देशका केही स्थानहरुमा हल्का बादल र कतै घामको किरण देखिनुका साथै वर्षाको पनि सम्भावना रहेको छ ।

गण्डकी प्रदेश, प्रदेश  ५, र सुदुर पश्चिम प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

पूर्वानुमान महाशाखाका अनुसार भारी वर्षाको सम्भावना हुने क्षेत्र गण्डकी प्रदेश, प्रदेश  ५, र सुदुर पश्चिम प्रदेश एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको  रहेको छ ।

यसैगरी राति पनि देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।