देशका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौं । आज पनि देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबार मौसमको विवरण सार्वजनिक गर्दै सबैलाई सतर्क रहन आग्रह गरेको छ ।
बिहीबार दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यस्तै गरी गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेश, र सुदुर पश्चिम प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै राती पनि देशभर सामान्य वदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने, प्रदेश नं १, बाग्मति प्रदेश, गण्डकी प्रदेश, र सुदुर पश्चिम प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।
सगरमाथा क्षेत्रमा बेपत्ता दावा शेर्पा जीवितै फेला
''ओखलढुंगामा प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा मागियो!''
लेबनान-इजरायल युद्धविराम घोषणा
एशियन गेम्स छनोट:नेपालले मलेसियालाई दियो २७६ रनको लक्ष्य
सभापति लामिछानेले नरेन्द्र मोदीलाई दिए नेपाल भ्रमणको निम्तो
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
प्रतिक्रिया