कोहलपुर मेडिकल कलेजमा कोरोना संक्रमितको मृत्यु

काठमाडौं- मेडिकल कलेज कोहलपुरमा एक व्यक्तिको (कोभिड)–१९का कारण मृत्यु भएको पुष्टि भएको छ ।
अछाम चौरपाटी निवासी ५० वर्षीय पुरुषको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले जानकारी दिनुभयो ।
जिल्लामा हालसम्म बाँके निवासी तीन र अन्य जिल्लावासी दुई जनाको कोरोना भाइरसका कारण मृत्यु भएको जनाइएको छ ।