सूचीकरण प्रणालीमा २५ लाख किसान आबद्ध
कृषि, वन तथा पर्यावरण मन्त्रालयको किसान सूचीकरण प्रणालीमा देशभरका करिब २५ लाख किसान आबद्ध भएका छन् ।
किसानलाई जमिनको विवरण र खेती उत्पादनका आधारमा सूचीकरण गरिएको हो । उत्पादन वृद्धि गर्न आवश्यक सहुलियत तथा सुविधा दिने उद्देश्यले किसानलाई विद्युतीय प्रणालीमार्फत सूचीकृत गरिएको कृषि सूचना केन्द्रका अधिकृत सञ्जीव पण्डितले जानकारी दिनुभयो ।
कृषि जनगणना, २०७८ अनुसार ४१ लाख ३० हजारको सङ्ख्या रहेकाले बाँकी १६ लाखभन्दा बढी किसानलाई पनि सूचीकृत गर्ने कार्य भइरहेको उहाँले बताउनुभयो ।
“सबै किसानलाई सूचीबद्ध गरेपछि निर्वाहमुखी किसान, साना किसान, मझौला किसान र ठूला किसान गरी चार प्रकारमा मन्त्रालयले वर्गीकरण गर्ने योजना बनाएको छ”, उहाँले भन्नुभयो,“वर्गीकरणपश्चात परिचयपत्र वितरण, विद्युतीय सूचना प्रणालीमा जोड्नेलगायत कार्यक्रम गरिनेछ । परिचयपत्रका आधारमा सरकारले अनुदानसहित रासायनिक मल, बीउ, अनुदान, सेवा व्यवस्थापनलगायत सुविधासहित उपलब्ध गराउन सहज हुनेछ ।”
देशभर स्थानीय तहसँग समन्वय गरी किसानका सूचना तथा तथ्याङ्क सङ्कलन गरिएको हो । केन्द्रले यस कार्यक्रममा आफ्नो नाम दर्ता गराउन किसानलाई आह्वानसमेत गरेको छ ।
पैँतिस करोड लगानीमा नेपालमै ‘स्किन केयर’ सामग्री उत्पादन उद्योग
सदनको अवरोध खुलाउन विपक्षीसँग छलफलमा रवि
सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप
फिलिपिन्स भूकम्प अपडेट : मृत्यु हुनेको सङ्ख्या ४५ पुग्यो, १७ अझै बेपत्ता
विश्वकप २०२६ को उद्घाटन समारोह : कहिले सुरु हुन्छ, को-को कलाकारले गर्दैछन् प्र…
२३ दिनका लागि ६० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक
प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ
प्रतिक्रिया