सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार एक अन्तर्वार्तामा इरानसँग सम्झौता गर्नुअघि इरानको रोक्का सम्पत्ति रिहा (फुक्का) नगर्ने बताएका छन् ।
सम्भावित सम्झौताको एक हिस्साको रूपमा इरानको सम्पत्ति रोक्का हटाउन वा इरानमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न तपाईँ इच्छुक हुनुहुन्छ कि छैन भन्ने प्रश्नमा ट्रम्पले जवाफ दिए, “होइन, त्यो पछि आउँछ। यदि उनीहरूले सही व्यवहार गरे र राम्रो काम गरे भने हामी यसबारे छलफल गर्नेछौँं,” उनले एनबीसीसँगको अन्तर्वार्तामा भने ।
इरानले रोक्का गरिएका अर्बौकों सम्पत्तिमाथि रोक हटाउन माग गर्दै आएको छ ।
यस मामिलासँग नजिक रहेको एक स्रोतका अनुसार अमेरिकी अर्थमन्त्रालयले इरानको सम्पत्ति खाडी राष्ट्रहरूलाई इरानी आक्रमणबाट भएको क्षतिको क्षतिपूर्ति दिन प्रयोग गर्न सकिने सम्भावनालाई विचार गरिरहेको छ ।
राष्ट्रपति ट्रम्पले इरानमा संवर्धित युरेनियम कहाँ छ भन्ने आफूलाई ठ्याक्कै थाहा भएको र यसलाई कुनै न कुनै तरिकाले पुनः प्राप्त गर्न चाहेको दोहोर्याए । “यदि हामीले सम्झौता गर्यौं भने, यो युरेनियम पुनः प्राप्त गर्ने वा कसरी व्यवस्थापन गर्ने बिषयमा पनि सहमति गरिनेछ”, उनले भने, “हामी यसलाई बाहिर निकाल्नेछौं र नष्ट गर्नेछौँ ।”
संवर्धित युरेनियमको भविष्यबारे हुने निर्णय इरान विरुद्ध संयुक्त राज्य अमेरिका र इजरायलले लडेको युद्ध अन्त्य गर्न सम्झौतामा पुग्न सबैभन्दा कठिन बिन्दुहरू मध्ये एक हो।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रति मतदाता खर्च घट्दो
NEET UG पुनर्परीक्षासँग सम्बन्धित 'पेपर चुहावट' को दाबीको जवाफ NTA ले दियो
अमेरिकी डलरको मूल्य स्थिर रहँदा युरो, पाउन्ड स्ट्रलिङ, अस्ट्रेलियन डलरको भाउ भन…
पूर्वाधार विकासको प्रतीक्षामा दोमुख
बिमा रकम भुक्तानी सहजतातर्फ, विगतको बक्यौता क्रमशः पठाइँदै
नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा
अन्तरराष्ट्रिय आइटी प्रतियोगितमा नेपाली विद्यार्थी पुरस्कृत
प्रतिक्रिया