इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
इजरायली कब्जा बल (आइ ओ एफ) ले बिहीबार कब्जा गरिएको वेस्ट ब्याङ्कका विभिन्न क्षेत्रहरूबाट १६ जना प्यालेस्टिनीहरूलाई उनीहरूको आफ्नै घरहरूमा छापा मारेर खोजी गरी पक्राउ गरेको जनाइएको छ ।
प्यालेस्टिनी समाचार एजेन्सी (डब्लुए एफए) ले रिपोर्ट गरे अनुसार आइओएफले रामल्लामा आठ जना प्यालेस्टिनी, अरिहामा अन्य तीन जना र दक्षिणी अल–खलिलमा वाँकी प्यालेस्टिनीलाई पक्राउ गरेको छ ।
बेथलेहेमको पश्चिममा रहेको हुसानमा, आइओएफले दुई जना प्यालेस्टिनी युवाहरू र हेनिनमा अन्य दुई जनालाई उनीहरूको घरमा छापा मारेर उनीहरूको सम्पत्ति छानविन गरेर पक्राउ गरेको जनाइएको छ ।
सम्बन्धित सन्दर्भमा, बेथलेहेमको पश्चिममा रहेको दोहा सहरमा उनीहरूको घरमा आक्रमण गरर पाँच प्यालेस्टिनीलाई आक्रमण गरी घाइते बनाएको जनाइएको छ ।
जेरुसेलम सहित वेस्ट ब्याङ्कमा लगभग दैनिक जसो आइओएफद्वारा छापा, गिरफ्तारी र आक्रमण जन्य घटनाहरु वृद्धि भइरहेको जनाइएको छ ।
कानुनले अड्काउने होइन समाधान दिन्छ भन्ने भाष्य बनाउनुपर्छ: कानुनमन्त्री गौतम
पुटिनको समीक्षा- भारतसँग हाम्रो सम्बन्ध कमजोर हुन्न, पाकिस्तान चीनको नियन्त्रणमा…
दिल्लीबाट फर्केर रविले विमानस्थलामा बताएका चार मुख्य बुँदा– नेपाल–भारत सम्बन्ध…
नेपालमा मनसुन आउन १ हप्ता लाग्ने
परेडमा बेलायती राजाले भने– गोर्खा सैनिक देख्दा गौरव लाग्छ
अभिषेक बनर्जीमाथि भएको आक्रमणमा ममता बनर्जीले के भनिन्?
दक्षिण दिल्लीमा पाँच तले भवन भत्किँदा धेरै मानिसहरू भग्नावशेषमा फसेको आशंका
प्रतिक्रिया