ढुंगा प्रहार गरेर १९ वर्षीय युवकले गरे ३२ वर्षीय पुरुषको हत्या
बाजुरामा गएराति एक युवकको हत्या भएको छ।
बुढीनन्दा नगरपालिका–६ को कोटिला निवासी ३२ वर्षीय निर रावतको हत्या भएको हो।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार आपसी विवादका बुधबार राति १९ वर्षीय टेकेन्द्र रावतले निर रावतको हत्या गरेका हुन्।
आरोपी टेकेन्द्रलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक नरेश बहादुर शाहीले जानकारी दिए।
इलाका प्रहरी कार्यालय बुढीनन्दाको टोलीले टेकेन्द्रलाई गएराति नै पक्राउ गरेको छ।
आपसी विवादका क्रममा टेकेन्द्रले निरलाई ढुंगा प्रहार गरेर हत्या गरेका प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
सीमासम्बन्धी अभिव्यक्तिबारे संसद्मा थप जवाफ नदिने बालेन
प्रधानमन्त्रीले माफी माग्नुहुन्न, बजेट बहुमतबाट पारित गर्छौँः अर्थमन्त्री वाग्ले
महानगरद्वारा चक्रपथमा विद्युतीय बस सेवा विस्तार
भुटानलाई नेपालले दियाे ११४ रनकाे लक्ष्य
प्रधानमन्त्री बालेनलाई ओलीको जवाफ: नेपालले भारतको एक इन्च जमिन मिचेको छैन
‘यही छु, पक्राउ गर्नुस् न!’ : केपी ओलीको सरकारलाई चुनौती
भक्तपुरमा युवकले गरे श्रीमतीको हत्या, ८ वर्षका छोरा पनि घाइते
प्रतिक्रिया