परीक्षाअगावै १२ कक्षाको प्रश्नपत्र सार्वजनिक, २ जना पक्राउ
राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन भइरहेको १२ कक्षाको प्रश्नपत्र परीक्षा सुरु हुनुभन्दा अगावै सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीको साइबर ब्यूरोले प्रश्नपत्रको गोपनीयता भङ्ग गर्ने कार्यमा संलग्न रहेको भन्दै मंगलबार काठमाण्डुबाट दुवैलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरूमा सुर्खेतको वीरेन्द्रनगर–८ स्थायी घर भई हाल काठमाण्डुको सुविधानगर बस्ने ३७ वर्षीय निराजन शाही र धादिङको नीलकण्ठ–३ घर भई हाल कपन बस्ने ३० वर्षीय प्रेम कुमार श्रेष्ठ रहेका छन् ।
ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी दिलीप कुमार गिरीका अनुसार उनीहरूले ‘क्लास १२ म्यानेजमेन्ट अनली’ नामक ह्वाट्सएप ग्रूप तथा फेसबूक मेसेन्जरमा विभिन्न समूहहरू बनाएर उत्तरसहितको प्रश्नपत्र परीक्षाअगावै सार्वजनिक गरेका थिए ।
राष्ट्रिय परीक्षा बोर्डले प्रश्नपत्र बाहिरिएको सम्बन्धमा अनुसन्धानका लागि पत्र पठाएपछि ब्यूरोले प्राविधिक विश्लेषण सुरु गरेको थियो ।
प्राविधिक अनुसन्धानका क्रममा शाही र श्रेष्ठको संलग्नता पुष्टि भएपछि ब्यूरोको टोलीले उनीहरूलाई काठमाण्डुको चाबहिलबाट पक्राउ गरेको छ । पक्राउ परेका दुवै जनामाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा अनुसन्धान अगाडि बढाइएको छ ।
जिल्ला अदालत काठमाण्डुबाट ४ दिनको म्याद थप गरी उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । परीक्षाको गोपनीयता कायम राख्नुपर्ने संवेदनशील समयमा प्रविधिको दुरुपयोग गरी प्रश्नपत्र बाहिर ल्याउने अन्य व्यक्तिहरूको समेत खोजी भइरहेको ब्यूरोले उल्लेख गरेको छ ।

हात्तीको दाह्रासहित पाँच जना पक्राउ
लागुऔषधसहित ३२ जना पक्राउ
राष्ट्रपति कार्यालयबाट हात्तीको दाह्रा चोर्ने पाँच व्यक्ति लागुऔषधसहित पक्राउ
काठमाडौँमा सुनको सिक्री लुटपाट गर्ने गिरोह पक्राउ
३६ वर्ष जेठा श्रीमान्को ढुङ्गा प्रहार गरी हत्या, श्रीमतीसहित तीन पक्राउ
भिजिट भिसामा मलेसिया जान लागेका नेपाल एयरलाईन्स कर्मचारी त्रिभुवन अन्तर्राष्ट्र…
तीन करोडको सुनसहित व्यापारी अग्रवाल पक्राउ
प्रतिक्रिया