कोसीका मुख्यमन्त्री कार्कीसँग आयोगले माग्यो स्पष्टीकरण
निर्वाचन आयोगले कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधेको छ।
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा निर्वाचन क्षेत्र नं ५ को निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयन दर्ता गराउँदा मुख्यमन्त्री कार्की समेत सहभागी भएको समाचार विभिन्न अनलाइन सञ्चारमाध्यममा प्रकाशित भएपछि आयोगले यस विषयमा चासो देखाएको हो।
आयोगले पठाएको पत्रमा ‘प्रदेश सरकारको मुख्यमन्त्री पदमा बहाल रहेको व्यक्ति प्रतिनिधि सभा सदस्य पदका उम्मेदवारको मनोनयन प्रक्रियामा सहभागी हुनु निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ को खण्ड ९क० को उल्लंघन हुने उल्लेख गरिएको छ।
आयोगका कानून अधिकृत मोहन राज जोशीद्वारा हस्ताक्षरित उक्त पत्रमा सञ्चारमाध्यममा आएका समाचारमा भनिए जस्तै मनोनयन कार्यक्रममा सहभागी हुनुभएको हो वा होइन भन्ने विषयमा स्पष्ट पार्न’ भनिएको छ।
मुख्यमन्त्री कार्कीलाई यो पत्र प्राप्त भएको मितिले तीन दिनभित्र आफैँ वा आफ्नो प्रतिनिधिमार्फत आयोगमा लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ।
प्रधानमन्त्री बालेनलाई ओलीको जवाफ: नेपालले भारतको एक इन्च जमिन मिचेको छैन
‘यही छु, पक्राउ गर्नुस् न!’ : केपी ओलीको सरकारलाई चुनौती
भक्तपुरमा युवकले गरे श्रीमतीको हत्या, ८ वर्षका छोरा पनि घाइते
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
विश्वकप अघि लामिन यमलको इन्जुरीले चिन्तामा स्पेन
मोदी–रवि भेटमा नयाँ संकेत: नेपालका प्राथमिकता र जनचाहनाको सूची मागे भारतले
तुलसी अधिकारीको पक्षमा ४० वकिल अदालतमा उत्रिए, बहस नसकिँदा थुनछेक आदेश स्थग…
प्रतिक्रिया