कांग्रेसले कोशीमा टुंग्यायो १२ उम्मेदवार
नेपाली कांग्रेसले कोशी प्रदेशका १२ निर्वाचन क्षेत्रको उम्मेदवार टुंगो लगाएको छ । पार्टीले हिमाली र पहाडी जिल्लाका उम्मेदवारको टुंगो पहिलो चरणमा लगाएको छ ।
कांग्रेसले धनकुटामा जिल्ला सभापति दिनेश राईलाई उम्मेदवार बनाएको छ भने तेह्रथुममा कांग्रेस जिल्ला सचिव सन्तोष सुब्बालाई उम्मेदवार बनाएको छ ।
पाँचथरमा नरेन्द्र केरुङलाई उम्मेदवार बनाएको छ भने ताप्लेजुङमा गजेन्द्र तुम्याहाङले टिकट पाएका छन् । कांग्रेसले इलाम-१ मा निष्कल राईलाई उम्मेदवार बनाएको छ । इलाम-२ मा भने पुराना नेता भेषराज आचार्यलाई उम्मेदवार बनाएको छ ।
यस्तै उदयपुर-१ मा विदुर बस्नेतलाई उम्मेदवार बनाएको छ भने उदयपुर-२ मा रामकुमार राईले टिकट पाएका छन् । कांग्रेसले खोटाङमा वीरकाजी राईलाई उम्मेदवार बनाउँदा ओखलढुंगामा रामहरि खतिवडा उम्मेदवार बनेका छन् । सोलुखुम्बुमा प्रकाशजंग कार्कीलाई उम्मेदवार बनाउँदा मोरङ-३ मा सुनिल शर्माले टिकट पाएका छन् ।
मोरङ-३ बाहेक झापा, मोरङ र सुनसरीका १४ क्षेत्रको उम्मेदवार कांग्रेसले टुंगो लगाउन बाँकी छ । संखुवासभा र भोजपुरको पनि उम्मेदवार टुंगो लाग्न बाँकी छ ।
प्रधानमन्त्री बालेनलाई ओलीको जवाफ: नेपालले भारतको एक इन्च जमिन मिचेको छैन
‘यही छु, पक्राउ गर्नुस् न!’ : केपी ओलीको सरकारलाई चुनौती
भक्तपुरमा युवकले गरे श्रीमतीको हत्या, ८ वर्षका छोरा पनि घाइते
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
विश्वकप अघि लामिन यमलको इन्जुरीले चिन्तामा स्पेन
मोदी–रवि भेटमा नयाँ संकेत: नेपालका प्राथमिकता र जनचाहनाको सूची मागे भारतले
तुलसी अधिकारीको पक्षमा ४० वकिल अदालतमा उत्रिए, बहस नसकिँदा थुनछेक आदेश स्थग…
प्रतिक्रिया