पत्रकार महासङ्घ काठमाडौँ शाखाको आयोजनामा रक्तदान
काठमाडौं, ६ मङ्सिरः ‘जेनजी’ प्रदर्शनपछि रगत अभावको अवस्थालाई मध्यनजर गर्दै नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
आज भृकुटीमण्डपमा आयोजित कार्यक्रममा ५५ जनाले स्वेच्छिक रूपमा रक्तदान गरेका छन् । त्यस क्रममा पत्रकारदेखि राजनीतिकर्मीले पनि सहभागिता जनाउनुभएको थियो । नेतृ डा वृन्दा पाण्डेले ३८औँ पटक रक्तदान गर्नुभयो । उहाँले ५०औँ पटकसम्म निरन्तर रक्तदान गर्ने इच्छासमेत व्यक्त गर्दै जीवन बचाउने सबैभन्दा सरल मानवीय सेवा रक्तदान भएको उल्लेख गर्नुभयो ।
महासङ्घ काठमाडौँ शाखाका अध्यक्ष शोभा अर्याल र सचिव रमेशकुमार बोहराले रक्तदान गरी सुरु भएको कार्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डे, शाखाका पूर्वअध्यक्ष युवराज विद्रोही र राससका वरिष्ठ समाचारदाता प्रकाश सिलवाललगायतले रक्तदान गर्नुभएको थियो ।
शाखा अध्यक्ष अर्यालले ‘जेनजी’ प्रदर्शनपछि रेडक्रस र अस्पतालमा देखिएको रगत अभावमा सहयोग पुगोस् भन्ने उद्देश्यले कार्यक्रम गरिएको बताउनुभयो । उहाँले पत्रकार र सामाजिक अभियन्ताको सक्रिय सहभागितामा हुने यस्ता कार्यक्रमले समाजमा रक्तदानप्रति जागरूकता र प्रेरणा थप फैलिने विश्वास व्यक्त गर्नुभयो ।
महासङ्घका केन्द्रीय अध्यक्ष निर्मला शर्माले सहभागी सबैलाई प्रमाणपत्र प्रदान गर्दै जिल्ला शाखाले निरन्तर गर्दै आएको रचनात्मक तथा मानवीय कार्यको प्रशंसा गर्नुभयो ।
प्रधानमन्त्री बालेनलाई ओलीको जवाफ: नेपालले भारतको एक इन्च जमिन मिचेको छैन
‘यही छु, पक्राउ गर्नुस् न!’ : केपी ओलीको सरकारलाई चुनौती
भक्तपुरमा युवकले गरे श्रीमतीको हत्या, ८ वर्षका छोरा पनि घाइते
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
विश्वकप अघि लामिन यमलको इन्जुरीले चिन्तामा स्पेन
मोदी–रवि भेटमा नयाँ संकेत: नेपालका प्राथमिकता र जनचाहनाको सूची मागे भारतले
तुलसी अधिकारीको पक्षमा ४० वकिल अदालतमा उत्रिए, बहस नसकिँदा थुनछेक आदेश स्थग…
प्रतिक्रिया