विश्वविद्यालयले अनुसन्धानमा ध्यान दिनुपर्छः मुख्यमन्त्री कार्की
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मनमोहन विश्वविद्यालयले मुलुकको समृद्धिलाई ध्यान दिई अनुसन्धान कार्यक्रमतर्फ जोड दिनुपर्ने बताउनुभएको छ ।
मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विश्वविद्यालयको पाँचौँ सभाको आज उद्घाटन गर्दै उहाँले शैक्षिक र उत्पादनमुलुक अनुसन्धान कार्यक्रमले मुलुकको समग्र विकास हुने भएकाले यसतर्फ विशेष ध्यान जानुपर्ने विचार राख्नुभयो ।
मुख्यमन्त्री कार्कीले विश्वविद्यालयको स्वास्थ्यसम्बन्धी शैक्षिक कार्यक्रमलाई प्रदेश सरकारअन्तर्गतको धनकुटा अस्पतालमा केन्द्रित गर्न आग्रह गर्नुभयो । उहाँले आगामी दिनमा विश्वविद्यालयलाई स्वायत्त संस्थाका रुपमा राखी थप बजेटको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानसँगको सहकार्यमा केही समयपछि ‘कोशी मोबाइल अस्पताल’ तराईका तीन जिल्ला सञ्चालन गर्ने र क्रमशः प्रदेशका अन्य जिल्लामा विस्तार गर्दै जाने जानकारी गराउनुभयो । उहाँले मुलुकमा सुशासन र भ्रष्टाचार नियन्त्रण हुनुपर्छ भन्दै नेपाली झण्डा ओढेर सरकारी, निजी सम्पत्ति नष्ट गर्ने कार्य गलत भएको विचार राख्नुभयो ।
मुख्यमन्त्री कार्कीले पहाडी क्षेत्रबाट तराईमा बसोबास सर्ने कार्यको नियन्त्रणका लागि सरकारले स्वास्थ्य, शिक्षा र पर्यटकीय क्षेत्रको विकासमा विशेष ध्यान दिने बताउनुभयो ।
विश्वविद्यालयका उपकुलपति डा सुषाश्री पोखरेलले विश्वविद्यालयले विभिन्न आयुर्वेदिक औषधि उत्पादनका लागि अनुसन्धान सुरु गरेको जानकारी गराउनुभयो ।
प्रधानमन्त्री बालेनलाई ओलीको जवाफ: नेपालले भारतको एक इन्च जमिन मिचेको छैन
‘यही छु, पक्राउ गर्नुस् न!’ : केपी ओलीको सरकारलाई चुनौती
भक्तपुरमा युवकले गरे श्रीमतीको हत्या, ८ वर्षका छोरा पनि घाइते
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
विश्वकप अघि लामिन यमलको इन्जुरीले चिन्तामा स्पेन
मोदी–रवि भेटमा नयाँ संकेत: नेपालका प्राथमिकता र जनचाहनाको सूची मागे भारतले
तुलसी अधिकारीको पक्षमा ४० वकिल अदालतमा उत्रिए, बहस नसकिँदा थुनछेक आदेश स्थग…
प्रतिक्रिया