जापानिज इन्सेफ्लाइटिसका कारण पाँच जनाको मृत्यु
काठमाडौँ, ३० भदौः चितवन जिल्लामा जापानिज इन्सेफ्लाइटिसका कारण पाँच जनाको मृत्यु भएको छ । सङ्क्रमित १६ जनामध्ये उनीहरुको मृत्यु भएको हो । जनस्वास्थ्य कार्यालय चितवनका आनुसार पछिल्लो पटक भदौ २३ गते एक जनाको मृत्यु भएको थियो ।
कार्यालयका प्रमुख दिनेश रुपाखेतीका अनुसार मृत्यु हुनेमा राप्ती नगरपालिकाका ४२ वर्षीया महिला रहेकी छन् । जिल्लामा यसअघि मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२२ का ७० वर्षीय वृद्ध, कालिका नगरपालिका–५ का ८९ वर्षीय वृद्ध, राप्ती नगरपालिका–१२ की ७० वर्षीया वृद्धा र भरतपुर महानगरपालिका–१२ की ८१ वर्षीया वृद्धा रहेका थिए । उनीहरुको साउनयता मृत्यु भएको हो । गत आर्थिक वर्षमा चितवनमा देखिएका तीन जना सङ्क्रमितमध्ये एक जनाको मृत्यु भएको थियो ।
जापानिज इन्सेफ्लाइटिस भरतपुर महानगरपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिका, खैरहनी नगरपालिका र माडी नगरपालिकाका व्यक्तिमा देखिएको छ । यो रोग क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने कीटजन्य सरुवा रोग हो । यो लामखुट्टे घरबाहिर बस्न रुचाउने, घरबाहिर नै टोक्ने, साँझ र बिहान बढी सक्रिय हुने गर्दछ । यो लामखुट्टेले सुँगुर, बङ्गुर, हाँसजस्ता पशुपक्षीलाई टोक्यो भने सर्दछ । धानखेतीमा समेत यस लामखुट्टेले अण्डा पारेर लार्भा बनाउने गरेको कार्यालयका प्रमुख दिनेश रुपाखेतीले जानकारी दिनुभयो ।
प्रधानमन्त्री बालेनलाई ओलीको जवाफ: नेपालले भारतको एक इन्च जमिन मिचेको छैन
‘यही छु, पक्राउ गर्नुस् न!’ : केपी ओलीको सरकारलाई चुनौती
भक्तपुरमा युवकले गरे श्रीमतीको हत्या, ८ वर्षका छोरा पनि घाइते
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
विश्वकप अघि लामिन यमलको इन्जुरीले चिन्तामा स्पेन
मोदी–रवि भेटमा नयाँ संकेत: नेपालका प्राथमिकता र जनचाहनाको सूची मागे भारतले
तुलसी अधिकारीको पक्षमा ४० वकिल अदालतमा उत्रिए, बहस नसकिँदा थुनछेक आदेश स्थग…
प्रतिक्रिया