‘भाषासम्बन्धी विधेयकमाथिको सैद्धान्तिक छलफल सकियो’
कोशी प्रदेशसभाको आजको बैठकमा ‘कोशी प्रदेशमा सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको सैद्धान्तिक छलफल सकिएको छ ।
प्रदेश सरकारका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले गएको साउन २५ गते विधेयक सदनमा पेस गरेपछि सैद्धान्तिक छलफलका क्रममा २९ जना प्रदेशसभा सदस्यले आ–आफ्नो विचार र सुझाव राख्नुभएको छ ।
आजको बैठकमा मन्त्री राईले सबैले अपनत्व ग्रहण गरी विधेयकलाई सर्वसम्मत पारित गरिदिन आग्रह गर्नुभयो ।
भाषा आयोगले मैथिली र लिम्बू भाषालाई सरकारी कामकाजको भाषा बनाउन गरिएको सिफारिसका आधारमा यो विधेयक ल्याइएको हो । प्रदेशमा १०९ भाषाभाषी रहेकामा तीमध्ये १३ वटा भाषालाई सरकारी कामकाजको भाषा हुनुपर्ने आयोगको सिफारिस छ ।
विधेयक टेबुल
‘कोशी प्रदेश तथ्याङ्कसम्बन्धी कार्यलाई व्यवस्थित गर्न बनेको विधेयक’ सदनमा टेबुल भएको छ । आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले विधेयक सदनमा पेस गर्ने प्रस्ताव राखेकामा सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतले स्वीकृत भएको थियो ।
मन्त्री मगरले सरकारले बनाउने योजनालाई व्यवस्थित एवं सफल बनाउन तथ्याङ्कको महत्त्वपूर्ण भूमिका रहने भएकाले विधेयक ल्याउनुपरेको जानकारी दिनुभयो ।
प्रतिवेदन
आजको बैठकमा उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति रामदेव यादवले कोशी प्रदेश वन ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी समितिको प्रतिवेदन सदनमा वाचन गर्नुभयो ।
शून्य समय
सभाको शून्य समयमा प्रदेशसभा सदस्य डोल्मा तामाङ, सपना दर्जी, गोम्बु शेर्पा, नम्बरलाल धिमाल, मीना श्रेष्ठ र शोभा चेम्जोङले प्रदेशका विविध समस्याबारे सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।
दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु
सुनचाँदीकै मूल्यमा गिरावट
इरान युद्धबारे अमेरिकी संसद्ले राष्ट्रपति ट्रम्पलाई दियो ठुलो झट्का
औषधी आपूर्ति सहज बनाउन सरकारले गर्यो ४ निर्णय
एसीसी महिला प्रिमियर कप : नेपालको लगातार दोस्रो जित
सगरमाथा क्षेत्रमा हराइरहेका दावा ६ दिनपछि भेटिए
सीमा विवादमा वार्ताको ढोका खुलेको अर्थमन्त्री वाग्लेको दाबी, संसदमा बहस चर्कियो
प्रतिक्रिया