आज लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा
काठमाडौँ, १ भदौः ऐतिहासिक भगवती जात्राको अवसरमा आज (आइतबार) लुम्बिनी प्रदेश सरकारले सार्वजनिक बिदा दिने भएको छ।
नेपाल–अङ्ग्रेज युद्धमा विजय प्राप्त गरेको सम्झनामा पाल्पामा हरेक वर्ष हुँदै आएको भगवती जात्राको अवसरमा आइतबार प्रदेश सरकारले बिदा दिने निर्णय गरेको हो ।
नेपाल–अङ्ग्रेज युद्धमा विजय प्राप्त गरेको सम्झनामा पाल्पामा हरेक वर्ष श्री ७ रणउजिरेश्वरी भगवती गुठी व्यवस्थापन समितिले विजयोत्सव स्वरूप भगवती जात्रा (रथयात्रा) निकाल्दै आएको छ। यस वर्ष २०६औँ भगवती खट यात्राको तयारी पूरा भएको समितिका अध्यक्ष अशोककुमार महर्जनले जानकारी दिए।
किंवदन्तीअनुसार तत्कालीन पाल्पा कमाण्डर कर्णेल उजिरसिंह थापाले युद्धमा विजय प्राप्त गरे भगवतीलाई तीन तले मन्दिर बनाएर सिन्दूर जात्रा गर्ने भाकल गरेका थिए। युद्ध जितेपछि विसं १८७७ बाट विजय उत्सवका रूपमा भगवती जात्रा मनाउन थालिएको र सो परम्परा निरन्तर चल्दै आएको समितिले जनाएको छ।
स्थानीय बासिन्दा र भक्तजनको सहभागितामा निकालिने यस रथयात्राले भगवतीको महिमाको प्रचार–प्रसार गर्ने मात्र नभई धार्मिक पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउने विश्वास गरिएको छ।
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
विश्वकप अघि लामिन यमलको इन्जुरीले चिन्तामा स्पेन
मोदी–रवि भेटमा नयाँ संकेत: नेपालका प्राथमिकता र जनचाहनाको सूची मागे भारतले
तुलसी अधिकारीको पक्षमा ४० वकिल अदालतमा उत्रिए, बहस नसकिँदा थुनछेक आदेश स्थग…
ढुंगा प्रहार गरेर १९ वर्षीय युवकले गरे ३२ वर्षीय पुरुषको हत्या
इरानका सर्वोच्च नेता मोजतबा खामेनीसँग भेट्ने ट्रम्पको इच्छा
बजेटमा एआईलाई प्राथमिकता सकारात्मक, तर कार्यान्वयनमा निजी क्षेत्रसँग स्पष्ट साझे…
प्रतिक्रिया