युट्युव र फेसबुक पेजमा प्रेस काउन्सिलको कडा निगरानी, सच्चिन तयार भएकाको कारवाही फुकुवा ः अध्यक्ष बस्नेत
काठमाडौँ २० माघ : सञ्चारमाध्यमको आवरणमा गलत सूचना र अफवाह फैलाउने ५४ युट्युब च्यानल र ५ फेसबुक पेजलाई अनुसन्धान र कारवाहीका लागि प्रेस काउन्सिल नेपालले नेपाल प्रहरीको साइबर ब्यूरोमा पठाएको छ ।
विना दर्ता र सूचीकरण चलेका ती माध्यमले लगातार गलत र भ्रामक सूचना सम्प्रषण गरेका विषयमा उजुरी परेपछि काउन्सिलले पत्राचार गरेको काउन्स्लिले विज्ञप्ति जारी गरी जानकारी दिएको हो ।
काउन्सिलले कालोसूचीमा राखी कारबाही गरेका ४ वटा सञ्चार माध्यमले गल्ती सच्याएको र आइन्दा नदोहोर्याउने प्रतिवद्धतापछि कारवाही फुकुवा समेत गरेको जनाएको छ ।
पछिल्लो समयमा मिडियाको नियामक निकाय काउन्सिलले सञ्चारमाध्यमले चलाउने सामाजिक सञ्जालमाथि समेत कार्यविधि बनाई नियमन गर्दै आएको छ ।
काउन्सिलमा चालु आर्थिक वर्षका माघ १५ गतेसम्म २४७ मिडियाविरुद्ध १५६ वटा उजुरी र १ वटा जनगुनासो दर्ता भएका छन् । तीमध्ये ५६ वटा गालीबेइज्जती÷चरित्रहत्या÷मानहानी, ८७ वटा गलत÷भ्रामक÷असन्तुलित÷दुष्प्रचार, ४ वटा बार्गेनिङ, ९ वटा हुबहु रहेको विज्ञप्तिमा उल्लेख छ ।
काउन्सिलले पत्रकारिता गर्ने उद्देश्यले सञ्चालित युट्युब च्यानललाई व्यवस्थित तथा मर्यादित बनाउन ‘युट्युब व्यवस्थापन, सूचीकरण तथा अभिलेखीकरणसम्बन्धी कार्यविधि’ बनाइ सोहीअनुसार अनुगमन र अभिमुखीकरण समेत गर्दै आएको छ । मिडियाद्वारा सञ्चालित युट्युब च्यानल र फेसबुक पेजसमेत नियमन भइरहेको छ । ‘यस अवधिमा हिंसा, आतङ्कलाई प्रश्रय पुग्ने, द्वैष फैलाउने, अपुष्ट, भ्रमपूर्ण, अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने मिडियाअन्तर्गत आबद्ध भएका सामाजिक सञ्जाल ९युट्युब च्यानल० ४, फेसबुक पेज १ र अनलाइन ५ वटालाई निर्देशन र ४ वटालाई सचेत गराइएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै निराधार, अफवाहपूर्ण, अतिरञ्जित थम्बनेल सहितको शीर्षक दिइ जनमानसमा भ्रम फैलाउने, त्रसित पार्ने, अमर्यादित, अश्लील सामग्री सम्प्रेषण गर्ने, काउन्सिलको निर्देशनलाई अनदेखा गरी गलत विवरण राखी भ्रम उत्पन्न गर्ने, मिडियाको रूपमा दर्ता÷सूचीकरण नभएका ५४ युट्युब च्यानल र ५ फेसबुक पेजलाई नेपाल प्रहरी, साइबर ब्युरोमा पत्राचार भएको विज्ञप्तिमा उल्लेख छ ।
कारवाही फुकुवा भएका सञ्चारमाध्यममा टिभीअन्नपूर्ण डटकम, योहो टेलिभिजन, त्रिनेत्रपोष्ट साप्ताहिक, खोजतलासअनलाइन डटकम छन् ।
काउन्सिलका सूचना अधिकारी सहप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिअनुसार चालु आर्थिक वर्षको साउन यता कालोसूचीमा परेका १० वटामध्ये ४ वटा सञ्चार माध्यमले क्षमायाचना गर्दै आगामी दिनमा आचारसंहिता एवं काउन्सिलको निर्देशन पालनामा प्रतिवद्धता जनाएपछि कालोसूची फुकुवा भएको हो ।
काउन्सिलको निर्देशन अवज्ञा गर्ने अन्य ६ वटा सञ्चार माध्यम एबीपीक्राइमन्यूज डटकम, सेतोखरी डटकम, कोशीपोष्ट डटकम, हेर्दाहेर्दै डटकम, दियोपोष्ट डटकम र नेपालकथा डटकमलाई थप कारबाही अगाडि बढाइएको छ । यी मध्ये एबीपीक्राइमन्यूज डटकम, दियोपोष्ट डटकम र हेर्दाहेर्दै डटकमलाई भने सूचीकरणबाटै हटाइएको छ ।
पत्रकार आचारसंहिताको पटक पटक र श्रृँखलावद्ध उल्लंघन गरेका सञ्चारमाध्यमलाई काउन्सिलले कारवाहीस्वरुप कालोसूचीमा राख्ने, सूचीकरणबाट हटाई विज्ञापन र अन्य सुविधा रोक्न सम्बन्धित निकायमा सिफासिर गर्न सक्ने व्यवस्था छ ।
पत्रकार आचारसंहिताको दायरामा बस्ने, गल्ती सच्याएका र सन्तुलित समाचार प्रवाह गर्ने प्रतिवद्धता सम्बन्धित सञ्चारमाध्यमबाट आएपछि काउन्सिलले आफूले गरेको कारवाही फुकुवा समेत गर्दै आएको छ ।
प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले गल्ती सच्याउनु ञ्चारमाध्यमको धर्म रहेको बताउनुभयो ।
काउन्सिलले कारवाही मात्र गर्ने होइन, गल्ती महसुस गर्दै सही र तथ्यपूर्ण समाचार सामाग्री दिने प्रतिवद्धता जनाउने सञ्चारमाध्यमलाई कारवाही फुकुवा समेत गर्छ, गर्दै आएको छ, अध्यक्ष बस्नेतले भन्नुभयो ।
काउन्सिलमा पछिल्लो समयमा मिडियाका विषयमा उजुरी दर्ता क्रम बढेका छन् ।
‘यही छु, पक्राउ गर्नुस् न!’ : केपी ओलीको सरकारलाई चुनौती
भक्तपुरमा युवकले गरे श्रीमतीको हत्या, ८ वर्षका छोरा पनि घाइते
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
विश्वकप अघि लामिन यमलको इन्जुरीले चिन्तामा स्पेन
मोदी–रवि भेटमा नयाँ संकेत: नेपालका प्राथमिकता र जनचाहनाको सूची मागे भारतले
तुलसी अधिकारीको पक्षमा ४० वकिल अदालतमा उत्रिए, बहस नसकिँदा थुनछेक आदेश स्थग…
ढुंगा प्रहार गरेर १९ वर्षीय युवकले गरे ३२ वर्षीय पुरुषको हत्या
प्रतिक्रिया