नेप्से : २६.०७ अंकले घट्याे, काराेबार रबम ६ अर्ब ७७ करोड रुपैयाँमा सिमित

साताको कारोबारको चौथो दिन आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से २६.०७ अंकले घटेर दुई हजार ५ सय ९७ दशमलव ४७ विन्दुमा बन्द भएको हो ।                                              

नेप्सेमा ६ अर्ब ७७ करोड ८१ लाख रुपैयाँमा सिमित बनेको छ । आज कारोबार भएका कम्पनीमध्ये ५४ वटाको बढेको छ भने १८७ वटा कम्पनीको शेयरमूल्य घटेको छ । ३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।                                    

तीन कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा थ्रीस्टार हाइड्रोपावर लिमिटेड, स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड र स्टर्न हाइड्रोपावर लिमिटेड रहेका छन् ।    

बुधबार वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य १० प्रतिशतले घटेको छ भने एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको २० करोड ७१ लाख बराबरको कारोबार भएको छ ।