रास्वपा सभापति, पूर्व गृहमन्त्री लामिछाने भाग्ने सम्भावना छैन

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितका नेता तथा कार्यकर्ताहरु अनौपचारिक छलफलमा जुटेका छन् । 

रास्वपाका केन्द्रीय सदस्य गणेश कार्कीले वनस्थलीस्थित केन्द्रीय कार्यालयमा अनौपचारिक छलफल भइरहेको जानकारी दिनुभयो ।

प्रहरीले आइतबार गोर्खा मिडियाका सञ्चालक तथा पूर्व प्रहरी नायब महानिरीक्षक (डिआइजी) छविलाल जोशीलाई पक्राउ गरेसँगै रास्वपाका नेताहरु छलफलमा जुटेको बताइएको छ । तर, उहाँले अहिलेसम्म कतैबाट औपचारिक जानकारी नआएको बताउनुभयो ।

कार्कीले भन्नुभयो, “अनौपचारिक छलफलमा छौं । यी विषयमा सामान्य छलफल भएको छ तर हामीलाई आधिकारिक इन्फरमेसन कतैबाट पनि आएको छैन ।”

उहाँले सभापति लामिछानेका सन्दर्भको जिज्ञासामा आधिकारिक जानकारीको पर्खाइमा रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “पार्टीका सभापति, पूर्व गृहमन्त्री भाग्ने कुनै सम्भावना छैन । यस्तो अवस्थामा एउटा जनप्रतिनिधिलाई समातिहाल्छ भन्ने केही छैन । केही जानकारी दिन्छ होला भन्ने छ । त्यो जानकारी अहिलेसम्म आइसकेको छैन ।”

पार्टी कार्यालयमा अहिले सादा पोशाक र वर्दीका प्रहरीको बाक्लो उपस्थिति रहेको छ । पार्टीका नेता तथा कार्यकर्ताको उपस्थिति पनि बढेको छ । 

यो पनि पढ्नुहोस