उच्च अदालत विराटनगरका न्यायाधीश विपुल न्यौपानेकाे सरुवा

 न्याय परिषद्ले उच्च अदालत विराटनगरका न्यायाधीश विपुल न्यौपानेलाई उच्च अदालत विराटनगरको इलाम इजलासमा सरुवा गरेको छ । न्याय परिषद्को आइतबार बसेको बैठकले उनको सरुवा सिफारिस गरेको हो । 

यस्तै बैठकले राजश्व न्यायाधिकरण विराटनगरको अध्यक्षमा धुव्रराज नन्दलाई तोक्ने निर्णय गरेको छ । सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि बसेको परिषद्को बैठकले सरुवा मात्र गर्ने निर्णय गरेको हो । 

हाल सर्वोच्चमा ६ जना र उच्च अदालतमा १६ जना न्यायाधीश रिक्त रहेका छन् ।